• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

काम गर्न मर्यादाक्रमले खासै प्रभाव पार्दैन : प्रजिअ पोखरेल

काम गर्न मर्यादाक्रमले खासै प्रभाव पार्दैन : प्रजिअ पोखरेल

बृजमान तामाङ
राजबिराज, ०२ चैत ।

सप्तरीका नवागंतुक प्रमुख जिल्ला अधिकारी फनिन्द्र मणी पोखरेलले काम गर्न मर्यादाक्रमले खासै प्रभाव नपार्ने बताएका छन् । सोमबार राजबिराजमा पत्रकार, राजनैतिक दल र संघसंस्थाका प्रतिनिधिसंग संयुक्त रुपमा भएको परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले स्थानीय तहको प्रमुख भन्दा मर्यादाक्रममा तल भएपनि काम गर्ने मान्छेलाई खासै असर नपर्ने बताए । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र शासन ब्यबस्था कार्यान्वयनको चरनमा छ, प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, राष्ट्रसेवकहरुले संघीय प्रणालीलाई आत्मासात गरेर अगाडि बढ्नुपर्छ । म स्थानीय तहका जनप्रतिनिधि ज्यूहरुसँग सहकार्यको साथ जिल्लामा सुशासन कायम गर्न तत्पर रहन्छु उनले थपे– मर्यादाक्रमले स्थानीय तहका प्रमुख ज्युहरु भन्दा तल भएपनी सेवा प्रबाहमा त्यसको कारण खासै असर पार्नेवाला छैन ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले राष्ट्रसेवकबाट कुनैपनि बहानामा हुने भ्रष्टाचार, ढिलासुस्ती, अबैध गतिविधिलाई निरुत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे । सबैको सामुहिक प्रयाले मात्र गलत क्रियाकलाप रोक्न सकिन्छ पोखरेलले भने– स्थानीय जनप्रतिनिधिहरुसंघ समवन्य गरेर माशिक बैठक आयोजना गर्ने योजाना छु । बैठकको अध्यक्षता जिल्ला समवन्य समितिका प्रमुख ज्यूले गर्नुहुन्छ । त्यसबाट जिल्लामा सुशासन कायम गर्न र बिकास निर्माणका कार्यहरूमा सहजता आउने छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले सरकारी सेवालाई पारदर्शी एबम् प्रभावकारी बनाउँदै लैजाने आफ्नो योजना भएको बताए । सेवालाई जनमूखी बनाउन वडा अध्यक्षहरुसँग समवन्व र अन्तरक्रिया गरिने तथा तल्लो तहसम्म आफै अनुगमनमा खट्ने बताउँदै उनले शिक्षा, स्वास्थ्यमा हुने बिकृति तथा दैनिक उपभोग्य बस्तुमा हुने कालाबजारीलाई निरुत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे । काम नगर्ने र कसैबाट प्रेरित भएर जिम्मेवारीबाट पन्छिन खोज्ने राष्ट्रसेवक कर्मचारीहरुलाई कारबाही गरेको दृष्टान्त सुनाउँदै प्रमुख जिल्ला अधिकारी पोखरेलले अनुगमनका क्रममा यस्तो पाईएमा कारबाही हुने जानकारी गराए । उनले जिल्लाको समग्र बिकास तथा शान्तिसुरक्षा कायम गर्न राजनैतिक दल, जनप्रतिनिधि, पत्रकार, नागरिक समाज, संघसंस्था, राष्ट्रसेवक कर्मचारीहरुको सहयोग आबश्यक हुनेमा जोड दिए ।

परिचयात्मक कार्यक्रममा नेकपा माओबादी केन्द्र सप्तरीका अध्यक्ष एबम पूर्व सिंचाई मन्त्री उमेश यादव, नेकपा एमाले सप्तरीका अध्यक्ष एबम् प्रदेश २ का प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, प्रदेश आम संचार प्राधिकरण प्रदेश नम्बर २ का अध्यक्ष श्यामसुन्दर यादव, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमला, जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादव, नेपाली काँग्रेस सप्तरीका सह–सचिव सतिशचन्द्र झा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, सप्तरी उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास लगायतका बिभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरुको उपस्थित थियो ।

प्रमुख जिल्ला अधिकारी पोखरेल सुनसरीबाट सरुवा भई आएका हुन् भने यसअघिका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य गृहमन्त्रालय काज सरुवा भएका छन् । यसैबीच सप्तरीको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्महालेकै दिन पोखरेलले सप्तरी जिल्ला मालपोत कार्यालयमा छड्के हानेका छन् ।

निकै भिडभाड र आर्थिक चलखेल हुने मालपोत कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी पोखरेलले कार्यलयको बस्तुस्थिति बारे जानकारी लिएका छन् । उलले जनताको सेवामा कमी आउन नदिन र सरल पहुँच हुने ब्यबस्था मिलाउन निर्देशन दिए ।