Top_Header_Right_Add

बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू

बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू

न्यूज टुडे
राजबिराज, २ चैत्र ।

सप्तरीको राजगढ गाउपालिका वडा न.४ बेल्हि चपेनामा आईतवार वाट ‘सिताराम नाम सकिर्तन तथा बिष्णु महायज्ञ’ सुरू भएको छ । उक्त महायज्ञ नेपालमै पहिलो पटक आयोजना गरिएको आयोजकहरुको दावी छ । आयोजकहरुका अनुसार विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट जोगिनका लागि महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञ अवधि भरिमा महायज्ञ स्थलका साथै सो वडाभरिमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ एवम् माछा मासुको विक्रिमा समेत प्रतिबन्ध लगाईएको छ । जगतनन्दन दास पगला बाबाको विशेष पहलमा सो बिष्णु महायज्ञ आयोजना गरिएको हो ।

आयोजक समितिका अध्यक्ष गजेन्द्र मण्डलले स्थानियबासिहरुको सहयोगमा यज्ञका लागि १ सय ८ वटा मण्डप तयार गरिएको जानकारी गराए । साथै यज्ञ अन्तर्गको सिताराम नाम संकिर्तनमा झण्डै २ सय ४३ मण्डलि को सहभागिता रहने उनले वताए । महायज्ञबाट आउने आम्दानिले रामजानकि मन्दिरलाई सरक्षण सम्बद्धन गर्ने लक्ष्य रहेको छ ।

महायज्ञ अवधि भरिमा महायज्ञ स्थलका साथै सो वडाभरिमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ एवम् माछा मासुको विक्रिमा समेत प्रतिबन्ध लगाईएको छ । जगतनन्दन दास पगला बाबाको विशेष पहलमा सो बिष्णु महायज्ञ आयोजना गरिएको हो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer