Top_Header_Right_Add

‘जतिसुकै सेटिंग भएपनि सर्वोच्च संविधान बाहिर जाँदैन’

कांग्रेसलाई आन्दोलनको हतार छैन ः नेता पौडेल
‘जतिसुकै सेटिंग भएपनि सर्वोच्च संविधान बाहिर जाँदैन’

न्यूज टुडे
राजविराज, ०९ फाल्गुन ।
प्रतिनिधि सभा विघटनविरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने चेतावनी दिदै आएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार राजविराजमा आयोजित एक पत्रकार सम्मेलनमा कांग्रेसलाई तत्काल ठुलो आन्दोलनको हतारो नरहेको बताएका छन् । पौडेलले सर्वोच्च अदालत संसद् पुर्नस्थापना नजिक रहेकाले तत्काल काँग्रेसलाई ठुलो आन्दोलन गर्नुपर्ने आबश्यकता नरहेको बताएका हुन् ।

प्रतिनिधि सभा बिघटनसमबन्धी मुद्दामा अदालतले बिचार गरिरहेको अवस्थामा ठुलो आन्दोलन आवश्यक नरहेको उनको भनाई छ । ‘प्रतिनिधि सभा बिघटन असंबैधानिक हो, पुर्नस्थापनाले मात्र सबैधाकि हुन सक्छ,’ नेता पौडेलले भने, ‘संबिधानमा जे छ अदालतले पनि त्यही गर्छ, जतिसुकै सेटिङ गरेपनि अदालत संबिधान बाहिर गएर फैसला गर्न सक्दैन् ।’ राष्ट्रको संकल्पको रुपमा रहेको संबिधानलाई अदालतले उल्टाउन नसक्ने बताउँदै पौडेलले संसद पुर्नस्थापना नभए नेपालमा अनर्थ हुने बताए ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याईरहेको आरोप लगाउँदै नेता पौडेलले अदालतलाई धम्क्याउनु आपत्तिजनक भएको बताए । ‘प्रतिनिधि सभा पुर्नस्थापनाको फैसला भए आन्दोलन गर्छु भनेर प्रधानमन्त्री भनिरहेका छन्, यसरी अदालतलाई धम्क्याउनु आपत्तिजनक छ’, पौडेलले भने, ‘म सप्तरीको राजविराजबाट प्रधानमन्त्रीलाई आह्वान गर्छु प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउनुस्, हेरौं कस्तो आन्दोलन गर्नुहुन्छ ?’

लेकतन्त्रमा प्रधानमन्त्रीमा कुनै अन्तरनिहित अधिकार नरहने गरेको बताउँदै पौडेलले प्रतिनिधि सभा पुर्नस्थापना हुने बितिकै ओली समाप्त हुने बताए । केपी ओली लोकतन्त्रका लागि खतरा रहेको पौडेलले आरोप लगाए । नेता पौडेलले ००७ सालदेखी हालसम्मको आन्दोलनमा मधेशका नेताहरुको ठुलो योगदान रहेको बताउँदै ती नेताहरुको सम्मान र ऐतिहासिक ठाउँहरुको भ्रमणका लागि आफु मधेश सम्मान यात्रामा निस्केको जानकारी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer