• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

पाँच महिनामा ५ सय बढी फरार अभियुक्त समातिए

न्यूज टुडे
राजविराज, ०९ फागुन ।
गत असोजदेखि हालसम्म ५ महिनाको अवधिमा प्रहरीले अदालतबाट सजाय पाएर फरार रहेका सप्तरीका ५ सय बढी फरार अभियुक्तलाई पक्राउ गरि कारवाही थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले गराएको जानकारीअनुसार पछिल्लो ५ महिनाको अवधिमा प्रहरीले ५ सय ५ जना फरार अभियुक्तलाई पक्राउ गरि कारवाही थालिएको हो । पछिल्लो समय सप्तरी प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउने अप्रेशन नै थालेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले गराएको जानकारीअनुसार ०७७ असोज ७ गतेदेखि फागुन ७ गतेसम्म पक्राउ गरिएकाहरुलाई कैद र जरिवाना भुक्तान गर्न अदालतमा दाखिला गराइएको छ । पक्राउ परेको अभियुक्तहरू माथि ६५ वर्ष ६ महिना २२ दिन कैद र १२ लाख ७७ हजार ७ सय २६ रुपैयाँ जरिवाना असुल उपर गर्न बाँकी छ ।