Top_Header_Right_Add

प्रजातन्त्र दिवसमा १० जनाको कैद मिनाहा

प्रजातन्त्र दिवसमा १० जनाको कैद मिनाहा

न्यूज टुडे
राजविराज, ०७ फागुन ।
प्रजातन्त्र दिवसको अवसर पारेर सप्तरीस्थित राजविराज कारागारका १० जना कैदीको कैद सजाय मिनाहा गरिएको छ । कारागारका निमित्त जेलर संजयकुमार रामका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर संघिय सरकारले ती कैदी बन्दीहरुको सजय माफ गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदमा माफी मिनाहा गरेकी छिन् । कैद मिनाहा पाउनेहरुमा बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यानलगायत मुद्दाका कैदीबन्दीहरु छन् । प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानी व्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीलाई सजाय छुट दिने व्यवस्था र मापदण्ड अनुरुप उनीहरुको कैद सजाय मिनाहा भएको हो । शुक्रबारै उनीहरुलाई रिहा समेत गरिएको कारागार प्रशासनले जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer