Top_Header_Right_Add

जबरजस्ती करणी उद्योगका अभियुक्त करागार चलान

जबरजस्ती करणी उद्योगका अभियुक्त करागार चलान

न्यूज टुडे
राजविराज, ०७ फाल्गुन ।
जबरजस्ती करणी उद्योगका एक अभियुक्तलाई शुक्रवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी जिल्ला अदालतको आदेशानुसार उक्त अभियुक्तलाई करागार चलान गरिएको प्रहरीको भनाई छ ।

यसरी करागार चलान गरिएका अभियुक्तमा सप्तरीको सुरुङ्गा नगरपालिका–५ का २० बर्षीय पहाडी भन्ने मोहम्मद सहादत रहेका छन् । गत भदौ ३० गते भएको घटनामा उनलाई अभियुक्त बनाईएको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer