Top_Header_Right_Add

रोलरमा ठोकिएर दुर्घटना

रोलरमा ठोकिएर दुर्घटना

न्यूज टुडे
राजविराज, १५ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी नहरको बाटोमा राखिएको पुरानो रोलरमा ठोकिएर मोटरसाईकल दुर्घटना हुँदा बिहीबार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले गराएको जानकारीअनुसार उक्त दुर्घटनामा परि सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–३ सकरपुराका ३० बर्षीय शिवकुमार मुखियाको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाईते समेत भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स.३प ३०४७ नम्बरको बाईक अनियन्त्रित भएर सडक छेउमै राखिएको रोलरमा ठोक्किएर दुर्घटना भएको थियो । मोटरसाईकलमा सवार चालक शिवकुमार मुखियासहित उनकै गाउँलेहरु २० बर्षीय रामकुमार मुखिया तथा २५ बर्षीय रामअवतार खंग घाईते भएका थिए । घाईते तीनै जनालाई तत्कालै उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा चालक शिवकुमार मुखियाको मृत्यु भएको र उनको शव हाल कोसी अस्पताल विराटनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer