• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

पहिलो दिन सकरपुर र कोइलाडी विजयी

गजेन्द्रनारायण सिंह स्मृति टी–२०
पहिलो दिन सकरपुर र कोइलाडी विजयी

न्यूज टुडे
राजविराज, १४ माघ ।
मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंहको स्मृतिमा तिलाठी कोईलाडी गाउँपालिकाले प्रत्येक वर्ष संचालन गर्दै आएको टी–२० क्रिकेट प्रतियोगिता बुधबारबाट प्रारम्भ भएको छ । तिलाठी कोईलाडी–६ वभनगामाकट्टीस्थित खेल मैदानमा संचालित प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न छुट्टा–छुट्टै दुई खेलहरुमा वडा नम्बर ४ कोईलाडी तथा वडा नम्बर ३ सकरपुरा विजय भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा कोइलाडीले वडा–८ तोपालाई ८ विकेटले र वडा–३ सकरपुराले वडा–१ तिलाठीलाई चार विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पहिलो खेलमा टस जितेर पहिलो व्याटिङ्ग रोजेको तोपाले निर्धारित १४ ओभरमा ६ विकेट गुमाई ६५ रन बनाएको थियो । तोपाका लागि रमेश यादवले सर्वाधिक १२ तथा राजरतन झा र रोहित मण्डलले समान ११÷११ रन बनाएका थिए । बलिङ्गतर्फ कोईलाडीका जुगनु मण्डलले ३ तथा रोहित सिंह र नरेश मण्डलले समान १÷१ विकेट हात पारेका थिए ।

प्रतिउत्तरमा कोइलाडीले १२औं ओभरमा २ विकेट गुमाई लक्ष्य प्राप्त गरेका थिए । कोइलाडीका लागि रोहित सिंहले नटआउट रही २४ रन र मो. गुड्डुले नटआउट १२ रनको योगदान गरे भने रोबिन सिंहले १५ रन बनाएका थिए । बलिङ्गतर्फ तोपाका रमेश यादव र रविन मण्डलले १÷१ विकेट लिए । खेलको म्यान अफ द म्याच पुरस्कार कोईलाडीका जुगनु मण्डललाई दिईएको प्रतियोगिता संयोजक राजेशकुमार झाले जानकारी गराएका छन् ।

यता दोश्रो खेलमा टस जितेर पहिलो ब्याटिङ्ग रोजेका तिलाठीले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ५१ रन बनाएका थिए । तिलाठीका लागि ओपनर विष्णु मण्डलले एक छक्का र आठ चौकाको मद्दतले ५८ बलमा ६६ रन बनाए भने अर्का ओपनर लक्ष्मी रायले एक छक्का र सात चौकाको मद्दतले ४६ बलमा ४६ रन बनाए । यसैगरी राजकुमार यादव नटआउट रही १३ रनको योगदान गरे । बलिङ्गतर्फ सकरपुरका राजु सिंहले २ तथा साकेत सिंहले एक विकेट हात पारेका थिए ।

प्रतिउत्तरमा सकरपुरा टिम खेलको अन्तिम बलमा छक्का प्रहार गर्दै विजयी हासिल गर्न सफल भयो । सकरपुराका लागि अमित मण्डलले विष्फोटक बल्लेबाजी गर्दै तीन छक्का र एक चौकाको मद्दतले ३५ बलमा नट आउट रही ६८ रन बनाए । यसैगरी साकेत सिंहले २६, सुरज मण्डल र रिपुल सिंहले समान १२÷१२ रनको योगदान गरे । तिलाठीको लागि सागर झाले एक मात्र विकेट हातपारे । खेलको म्यान अफ द म्याच सकरपुरका अमित मण्डल घोषित भए । उनलाई सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरीले पुरस्कार प्रदान गरे ।