• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सहकारी ब्यबस्थापनसम्बन्धि पाँचदिने तालिम सम्पन्न

सहकारी ब्यबस्थापनसम्बन्धि पाँचदिने तालिम सम्पन्न

बिरेन्द्र बजार, १४ माघ ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपाल पुल्चोक ललितपुरको आयोजना तथा जिल्ला बचत तथा ऋृण सहकारी संघ सप्तरीकोको संयोजनमा संचालित सहकारी ब्यबस्थापनसम्बन्धि पाँचदिने तालिम बुधबार सम्पन्न भएको छ ।

जिल्ला बचत तथा ऋृण सहकारी संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष भवानी प्रसाद चौधरीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एबम् पूर्व संसद् ओम देबी मल्लको प्रमुख आतिथ्यमा एक समारोहका बीच तालिम समापन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मल्लले सहकारी संस्थाहरुलाई बचत तथा ऋृण मात्रमा सिमित नराखी उत्पादनमूखी बनाउनु पर्नेमा जोड दिईन् । सहकारीको माध्यमले सामाजिक सेवाको साथै आर्थिक उन्नति पनि गर्छ, मल्लले भनिन्, सहकारीको ब्यबस्थापन ठिकसंगले भए मात्र उद्देश्य प्राप्त गर्न सहज हुनेछ । वरिष्ठ उपाध्यक्ष मल्लले प्रदेश नम्बर २ को सहकारीकर्मीहरुको क्षमता अभिबृद्वि गर्दै सहकारी संस्थाहरूको बिकासमा प्रथामिकताको साथ महासंघको सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

किसान बचत तथा ऋृण सहकारी संस्था बिरेन्द्र बजारको सभा हलमा आयोजित तालिम समापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ प्रबन्धक गोपिकृष्णा भण्डारी, पत्रकार बृजमान तामाङ, किसान बचत तथा ऋृण सहकारी संस्था बिरेन्द्र बजारका अध्यक्ष आनन्द प्रसाद मेहता, सहभागीहरु लक्ष्मी अधिकारी, हृदयदेव चौधरी, बिजय चौधरीलगायतकाले मन्तव्य व्यक्त गरे ।

कार्यक्रमको संचालन जिल्ला बचत तथा ऋृण सहकारी संस्थाका कोषाध्यक्ष चेत नारायण मेहताले गरेर कार्यक्रममा प्रमुख अतिथि मल्लले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिन् । कार्यक्रममा उपस्थित प्रमुख अतिथि महासंघका वरिष्ठ उपाध्यक्ष ओम देबी मल्ल, वरिष्ठ प्रबन्धक गोपिकृष्णा भण्डारी, पत्रकार बृजमान तामाङलगायतकालाई सहकारी संघ सप्तरीद्वारा शनिदेव र रुपनी देवी मन्दिरको फोटो मायाको चिनो प्रदान गरिएको थियो ।

सप्तरीका बिभिन्न स्थानीय तहका सहकारीकर्मीहरु सहभागी रहेको तालिमको प्रमुख प्रशिक्षक गोपिकृष्णा भण्डारी थिए भने साहायक प्रशिक्षकमा चेतनारायण मेहता रहेका थिए ।