• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

स्थानीय सहयोग समन्वय तथा प्रचारप्रसार समिति गठन

बृजमान तामाङ
बिरेन्द्र बजार, १४ माघ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा बुधबार स्थानीय सहयोग समन्वय तथा प्रचारप्रसार समिति गठन भएको छ । गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको हो ।

समितिको सदस्यहरुमा उपाध्यक्ष मिना चौधरी, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादव, ईलाका प्रहरी कार्यालय महुलीका ईन्चार्ज प्रहरी नायव निरीक्षक चन्द्रप्रसाद यादव, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प सितापुरका ईन्चार्ज सशस्त्र प्रहरी नायव निरीक्षक जितबहादुर बल, जनता समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष रामदेव यादव, नेकपाका बेचन चौधरी, बद्री नारायण चौधरी, काँग्रेसका युगेश्वर प्रसाद यादव र सदस्य सचिबमा कुशेश्वर प्रसाद यादव रहेका छन् ।

आगामी बैशाख १७ र २७ गते घोषणा भएको मध्यावधि चुनावलाई लक्षित गरि समिति गठन गरिएको सदस्य सचिब यादवले जानकारी दिएर समितिले मतादाता नामबली संकलनलगायतका निर्वाचनसम्बन्धि आबश्यक प्रचार–प्रसार र तयारी गर्ने बताएको छन् । गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा वडा अध्यक्षहरु, स्थानीय पत्रकार, स्थानीय सुरक्षाकर्मी, राजनैतिक दलका गाउँपालिका प्रमुखहरुको उपस्थित रहेको थियो ।