Top_Header_Right_Add

आईपुग्यो ‘कोभिसिल्ड’

आईपुग्यो ‘कोभिसिल्ड’

न्यूज टुडे
राजविराज, १३ माघ ।
भारत सरकारबाट सहयोग स्वरुप प्राप्त भारतमै निर्मित ‘कोभिशिल्ड’ नामक कोरोना विरुद्धको खोप मंगलबार सप्तरी सदरमुकाम राजविराज आईपुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार पहिलो चरणअन्तर्गत प्रदेश सरकारले पठाएको ८ हजार ३ सय ३० डोज ‘कोभिशिल्ड’ मंगलबार राजविराज आईपुगेको हो ।

प्रदेश सरकारले पठाएको ८ हजार ३ सय ३० डोज
‘कोभिशिल्ड’ मंगलबार राजविराज आईपुगेको हो । पहिलो
चरणको खोप कार्यक्रमअन्तर्गत सप्तरीका ३ हजार ७
सय ५४ जनालाई खोप लगाउने तयारी रहेको छ ।

‘८ सय ३३ भाईल हामीले प्राप्त गरेका छौं’, स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले भने, ‘यस ८ सय ३३ भाईलमा ८ हजार ३ सय ३० डोज भ्याक्सिन रहेको छ ।’ बुधबार(आज) देखि पहिलो चरणअन्तर्गत सप्तरीमा पनि कोरोना विरुद्धको खोप कार्यक्रम प्रारम्भ हुने यादवले बताए । उनका अनुसार पहिलो चरणमा सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल तथा रुपनीस्थित प्रहरी अस्पतालबाट खोप सेवा प्रारम्भ गरिने छ ।

नेपाल सरकारको निर्णायबमोजिम पहिलो चरणको खोप कार्यक्रमअन्तर्गत कोरोना विरुद्ध अग्रमोर्चामा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई सप्तरीमा पनि खोप लगाउने योजना रहेको यादवको भनाई छ । प्रदेश–२का सामाजिक विकास मन्त्री नवलकिशोर साहले शुभारम्भ गर्ने पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत सप्तरीका ३ हजार ७ सय ५४ जनालाई खोप लगाउने तयारी रहेको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer