Top_Header_Right_Add

लागुऔषध राखेको आरोपमा दुई पक्राउ

लागुऔषध राखेको आरोपमा दुई पक्राउ

न्यूज टुडे
राजविराज, १२ माघ ।
प्रतिबन्धित लागुऔषध राखेको आरोपमा सप्तरी प्रहरीले आइतबार सप्तरीको डाकनेश्वरी नगरपालिका–३ स्थित एक होटेलबाट दुई जना युवाहरुलाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा शम्भुनाथ नगरपालिका–२ का २६ बर्षीय जोगिन्द्र साह र सोही नगरपालिका–३ बस्ने २० बर्षीय मोहम्मद सद्दाम रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी भुवनेश्वर प्रसाद साहले गराएको जानकारीअनुसार पक्राउ परेका आरोपिहरुको साथबाट प्रहरीले नाईट्राभेट–१९ ट्याबलेट ३ सय ६० पिस तथा २० ग्राम गाँजासमेत बरामद् गरेको छ । आरोपिहरुले प्रयोग गरेको प्र.२–०३–००७प७३१९ नम्बरको मोटरसाईकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer