Top_Header_Right_Add

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु

राजविराज, ११ माघ ।
सप्तरीको सडक नगरपालिका–९ लालपट्टीमा आइतबार ट्याक्टर दुर्घटनामा परि एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । लालपट्टीस्थित कल्याणपुर फुलवरीया हुँदै बनौली आवत–जावत गर्ने भित्रि सडकमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि खडक–९ घरभएका अन्दाजी १२ बर्षीय विशाल भगतको मृत्यु भएको हो । स.१त ७३८८ नम्बरको ट्याक्टरमा सवार रहेका विशाल ट्याक्टरबाट खसेर गम्भीर घाईत भएका थिए । एडभान्स सुरक्षा अस्पताल कल्याणपुरमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत बालकको शव हाल पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको छ भने ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा रहेको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer