Top_Header_Right_Add

नेकपाको कार्यकर्ता भेला तिलाठीमा सम्पन्न

नेकपाको कार्यकर्ता भेला तिलाठीमा सम्पन्न

राजविराज, ११ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको तिलाठी कोईलाडी गाउँपालिका स्तरीय नेता कार्यकर्ता भेला आइतबार तिलाठी कोईलाडी–१ तिलाठीमा सम्पन्न भएको छ । भेलामा गाउँपालिकाका ८ वटै वडाका अगुवा नेता कार्यकर्ताहरु सँगै केन्द्रीय, प्रादेशिक तथा जिल्ला स्तरीय नेताहरुको समेत सहभागिता रहेको थियो ।

पूर्व खेलकुद मन्त्री एवम् नेकपाका प्रदेश–२ ईन्चार्ज सत्यनारायण मण्डलले प्रधानमन्त्रीद्वारा बाध्यात्मक रुपमा संसद विघटनको निर्णाय भएको हुँदा यसवारे आम सर्वसाधारणमाझ जानकारी प्रवाह गर्न नेकपाका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । पद तथा सत्ता स्वार्थमा लागेका पार्टीका नेताहरु प्रधानमन्त्रीलाई काम गर्न नदिएर चौतर्फी घेरावन्दी गर्न थालेपछि बाध्य भएर प्रधानमन्त्रीलाई संसद विघटनको निर्णाय गर्नुपरेको मण्डलको भनाई थियो ।

नेकपाका प्रदेश–२ सचिव एवम् राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले लोकतन्त्रमा चुनावको कुनै विकल्प नरहेको भन्दै लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीद्वारा आह्वाहन गरिएको निर्वाचनको तयारीमा जुटन नेता कार्यकर्तालाई आग्रह गरे । निषेधको राजनीति गर्नेहरुले लोकतन्त्रको दुहाई दिनु उपयुक्त नरहेको बताउँदै नेता प्याकुरेलले एकातिर लोकतन्त्रको दुहाई दिने अनि अर्को तिर चुनावबाट भाग्ने नेताहरुकै कारण मुलुकमा लोकतान्त्रिक संस्कार खस्किदै गएको गुनासो पोखे ।

बालेश्वर झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व उप–सभामुख गंगाप्रसाद यादव, केन्द्रीय सदस्यहरु रञ्जु ठाकुर, जयप्रकाश ठाकुर, प्रदेश सदस्य शैलेश झा, नेता ताराकान्त चौधरी, देवनारायण यादव, शिक्षक प्रदिप मण्डल लगायतकाहरुले मन्तव्य राखेका थिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer