Top_Header_Right_Add

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाईते

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाईते

राजविराज, ९ माघ ।
शुक्रबार विहान सप्तरीमा भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले गराएको जानकारी अनुसार सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलियास्थित नहरको भित्रि सडक खण्डमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना भएको हो ।

प्रदेश–०२–०१००१–त००३२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार कंचनरुप–११ का १८ बर्षीय राम असिष रामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी गराए । पोष्टमार्टमा लागि उनको शव हाल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

त्यस्तै सोही ट्याक्टरमा सवार रहेका स्थानीय १६ बर्षीय कृष्ण साह, १७ बर्षीय विशाल राम, १७ बर्षीय सुनिलकुमार राम र सप्तरीकै कृष्णासावरण गाउँपालिका–२का २१ बर्षीय मदन साह घाईते भएका छन् । घाईतेहरुको उपचार रुपनीस्थित युनिक कलेजमा भईरहेको प्रहरीले जानकारी गराएको छ । उपचाररत् रहेकाहरु मध्यै १६ बर्षीय कृष्ण साहको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै सप्तरी प्रहरीले जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer