• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

संसद् विघटन प्रधानमन्त्रीको बाध्यता ः महेश बस्नेत

संसद् विघटन प्रधानमन्त्रीको बाध्यता ः महेश बस्नेत

राजविराज, ८ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकटको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले संसद विघटन गर्ने निर्णाय प्रधानमन्त्रीको रहर नभई बाध्यता रहेको बताएका छन् । पार्टी भित्रबाटै केही नेताहरुले सरकारलाई घेराबन्दीमा पार्ने षड्यन्त्र थालेपछि बाध्य भएर प्रधानमन्त्रीलाई संसद् विघटन जस्तो कठोर निर्णाय लिनुपरेको बस्नेतको भनाई छ ।

राजविराजस्थित रंगशालामा बिहीबार आयोजित युवा भेलामा बोल्दै नेता बस्नेतले मानिस काटनेहरुले ओलीको खुट्टा काट्न नपाएपछि हुत्तिएर माइतीघर मण्डलामा पुगेको बताए । उनले भने, ‘समबृद्ध नेपालको अभियानसहित अग्रसर आफ्नै प्रधानमन्त्रीलाई पद, कुर्सी र स्वार्थ पूर्तिका घेराबन्दीमा पार्न खोज्दाको दुखद् परिणाम हो संसद विघटन ।’ प्रधानमन्त्रीले संवैधानिक अधिकारको प्रयोग गरेर संसद् विघटन गरि ताजा जनादेशका लागि चुनावमा जाने निर्णय गरेकेको बताउँदै उनले लोकतान्त्रीक विधिमार्फत हुने चुनावमा चान नखोज्नेहरुलाई प्रतिगामीको संज्ञा समेत दिए ।

युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले पुष्पकमल दाहाल र माधवकुमार नेपालमा कार्यकर्ता र जनतासँग भाग्ने, महाधिवेशन र निर्वाचनदेखि डराउने र सजिलै पद खोज्ने प्रवृत्ति रहेको आरोप लगाए । भारतवेष्ठित मुलुकलाई भुपरिवेष्ठित बनाउने, पारवहन सन्धी गरेर हिन्द महासागरदेखि प्रशान्त महासागरसम्म व्यापारको पहुँच बढाउने, खोसिएको भू–भाग फिर्ता ल्याउने, संविधान जारी गरी कार्यान्वयनमा ल्याउने, नाकाबन्दीको विरोध गर्ने, राष्ट्रको प्रतिष्ठा बढाउने र विकासको गतीलाई तिब्रता दिने आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकारलाई असफल बनाई कुर्सी हत्याउने षड्यन्त्र विफल भएको उनको भनाई थियो ।

कार्यक्रममा युवा नेता संजिव झा, अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामा, नेताहरु दुर्गानन्द ठाकुर, नरेश रोकाया, देवानन्द महतो, ललीतनारायण रजक लगायतकाहरुले समेत बोलेका थिए ।