• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

संसद विघटन विरुद्ध सप्तरीका प्रत्येक वडामा विरोध सभा

संसद विघटन विरुद्ध सप्तरीका प्रत्येक वडामा विरोध सभा

राजविराज, ८ माघ ।
प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस सप्तरीले बिहीबार प्रत्येक वडामा बृहत प्रदर्शन गरेको छ । जिल्लाका झण्डै एक सय बढी वडामा काँग्रेसले एक साथ विरोध सभा आयोजना गरेको नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवले जानकारी गराए ।

नेपाली काँग्रेसले वडाहरुमा बिरोध प्रदर्शन गर्दै केपी ओली सरकारको चर्को आलोचना गरे । सरकारले संसद बिगठन गरेको बिषयलाई लिएर काँग्रेसले केहि सयमदेखि सडकमा विरोध प्रदर्शन गर्दै आएको छ । वर्तमान प्रधानमन्त्रीको निरंकुश शैलीबाट वडास्तरको जनतासम्म दुखी भएको बताउँदै सभापति यादवले गाउँ गाउँमा केपी ओली सरकार विरुद्ध जनता सडक संर्घष गरिरहेको बताए ।

नेपाली काँग्रेस लोकतन्त्र स्थापनाकै लागि स्थापित भएको बताउँदै सभापति यादवले गाउँ गाउँमा गएर जनतालाई लोकतन्त्रको रक्षाका निम्ति जागरुक पार्ने अभियानअन्तर्गत वडा स्तरमै गएर आफुहरुले विरोध सभा गर्नलागेको उनले बताए । प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस चरणवद्ध आन्दोलनमा रहेको छ ।