राजविराज, ६ माघ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ स्थित नहर चोकमा विश्वकर्मा मन्दिर निर्माणका लागि निर्माण समिति गठन गरिएको छ । समितिको अध्यक्षमा झबर यादव, सचिवमा नविनकुमार सिंह र कोषाध्यक्षमा रिता देवि यादव रहेका छन् ।
यसैगरी सदस्यहरुमा सुनिल मण्डल, जितन यादव, बुधन यादव, नागेश्वर यादव, नागेन्द्र यादव, सत्येन्द्र मण्डल, भगवति मण्डल, महन्थी यादव, रामचन्द्र साह, मोहम्मद अलिहुसेन मंसुरी, रामप्रसाद राम, मनोज यादव, तारणी प्रसाद मण्डल, रविन्द्र साह, रामु साह, शिवनारायण मण्डल, सिंहेश्वर खंग, भुपेन्द्र साह, अमरेन्द्रकुमार देव र लखन महतो रहेको समितिका सचिव नविनकुमार सिंहले जानकारी गराए । समितिको सल्लाहकामार तिलाठी कोईलाडी वडा नम्बर ६, ७ र ८ का वडा अध्यक्षलाई राखिएको छ ।