
बृजमान तामाङ्ग
बिरेन्द्र बजार, २९ पुस ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति बिधादेबी भण्डारीद्वारा विघटन गरेको प्रतिनिधि सभा पुनस्र्थापनाको माँग गर्दै आन्दोलनमा उत्रिएका जनता समाजवादी पार्टी माघ ७ गते राजबिराजमा बिशाल जनप्रदर्शनसहित बिरोध सभा गर्ने तयारीमा जुटेका छ्न ।
प्रधानमन्त्री ओलीको गैर संबैधानिक कदमको विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेका जसपाले राजबिराजमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो । जसपा सप्तरीले आन्दोलनलाई ब्यबस्थित र प्रभावकारी बनाउन जिल्लादेखि वडासम्म जनपरिचालन समितिहरु गठनलाई तिब्रता दिईरहेका छन् ।
आन्दोलनलाई लक्षित गरी राष्ट्रिय सभा सदस्य एबम पूर्व मन्त्री मृगेन्द्र सिंह यादवको संयोजकत्वमा जिल्ला जनपरिचालन समिति, जसपा केन्द्रिय सदस्य एबम् जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादवको संयोजकत्वमा आर्थिक समिति, अमरनाथ मण्डलको नेतृत्वमा प्रचार प्रसार समिति, केन्द्रिय सदस्य शैलेश चौधरीको संयोजकत्वमा मंच ब्याबस्थापन समिति, केन्द्रिय सदस्य दिनेश यादवको संयोजकत्वमा स्वयंसेवक ब्यासबस्थापन समिति गठन गरेको जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार यादवले जानकारी दिए ।
पार्टी अध्यक्ष एबम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादव प्रमुख बक्ताको रुपमा आउने राजबिराजमा हुने बिरोध सभामा २५ हजार भन्दा बढी जनता उतार्ने तयारी जसपा सप्तरीले गरेको छ । हामी ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्ध विशाल जनप्रदर्शनको तयारीमा निरन्तर लागिपरेका छौं जिल्ला अध्यक्ष यादवले भने, आन्दोलनलाई ब्याबस्थित र शान्तिपूर्ण बनाउन सप्तरीबाट प्रतिनिधित्व गर्ने केन्द्रिय कार्याकारिणी समिति, केन्द्रिय समिति, मधेश प्रदेश समिति, जिल्ला समिति, भातृ संगठनका प्रतिनिधि सम्मिलित बिभिन्न समिति गठन गरेका छौं । गठित समितिहरु आफ्नो कार्यक्षेत्रमा लागिसकेको अध्यक्ष यादवले बताए ।
नेताहरु गाउँपालिका तथा नगरपालिकामा वडा तथा टोलटोलमामा माघ ७ को आन्दोलन तयारीका लागि जनजागरणका लागि जनपरिचालन गरिएको जनता समाजवादी पार्टी सप्तरीले जनाएका छन् । गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिधादेबी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि जनता समाजवादी पार्टीले एक चरण आन्दोलनको कार्यक्रम सकेर दोस्रो चरणको आन्दोलनअन्तर्गत मुलुकको ठुला शहरहरुमा शक्ति प्रदर्शनसहित बिरोध सभा गर्दै आएको छ ।
संबिधानमा हुँदै नभएको अधिकार प्रयोग गरि संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै जसपा, काँग्रेस र सत्तारुढ दल प्रचण्ड–माधव समुह र नागारिक अगुवाले प्रतिनिधि सभा पुनस्र्थापनाको माँग गर्दै सडक संघर्षलगायतका बिभिन्न खाले दवाबमूलक आन्दोलन आन्दोलन गर्दै आएका छन् ।