• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पीडित परिवारलाई करुणाको सहयोग

राजविराज, २८ पुस ।
बर्षौदेखि गाउँकै ऐलानी जग्गामा घर बनाएर बसोबास गर्दै आएका तथा अदालतको निर्णाय पछि घरवारविहीन भएका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ का दुई विपन्न राम परिवारलाई मंगलबार साहित्यकार तथा सामाजिक अभियन्ता करुणा झाले खाद्यानलगायतको राहत सहयोग गरेकी छिन् ।

झाले तीनै परिवारलाई खाद्यान तथा ब्लैंकेट सहयोग गरेकी हुन् । प्रत्यक्षदर्शीहरुका अनुसार स्थानीय धनपैत रामको ओटा २ र रामधिन रामको २ ओटा र अन्य एक समेत गरि ५ ओटा घर तीन दिन अघि डोजर प्रयोग गरी भत्काईएको थियो । स्थानीय संचारकर्मी नविनकुमार यादवको समन्वयमा साहित्यकार एवम् समाजसेवी झाले प्रति परिवार २५ केजी चामल, दुई केजी दाल, २ लिटर खाने तेल, २ केजी चिनी, २ प्याकेट चायपत्ति, दुई केजी नुन तथा दुई थान ब्लैंकेट राहत स्वरुप उपलब्ध गराईएकी छिन् ।

चिसो र शितलहरका बीच घरबारविहीन भएका विपन्न परिवारहरुको विजोग देखेपछि आफुले आफ्नो व्यक्तिगत खर्चमा उक्त सानो सहयोग पीडितलाई गरेको झाले बताईन् । पीडित परिवारका लागि आफुले गरेको सहयोग केही पनि नरहेको भन्दै यसका निम्ति स्थानीय गाउँपालिका तथा अन्य सरकारी निकायहरुले भरपर्दो पहल गर्नुपर्ने खाँचो रहेको उनको भनाई छ ।