• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

गोरुको आक्रमणमा परि बृद्धाको मृत्यु

राजविराज, २८ पुस ।
गोरुको आक्रमणमा परि सप्तरीको छिन्नमस्ता गाउँपालिका–२की एक जना बृद्धाको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोमबार राति करिब ९ बजे तिर आफ्नै घर अगाडी हिड्दै गरिरहेको अवस्थामा स्थानीय ८० बर्षकी दुर्गादेवी साहलाई गोरुले हानेको थियो ।

गोरुको आक्रमणमा परि घाईते भएकी बृद्धालाई उपचारका लागि तत्कालै गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । घटनाको जानकारी पाएपछि प्रहरीले मंगलबार उनको शव पोष्टमार्टमका लागि ल्याएका थिए । पोष्टमार्टम पश्चात अन्तिम संस्कारका लागि बृद्धाको शव परिवारजनलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।