• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कारागारमा स्वास्थ्य सामग्री वितरण

जेसीज सप्ताह ः दोश्रो दिन
कारागारमा स्वास्थ्य सामग्री वितरण

राजविराज, १९ मंसिर ।
जेसीज सप्ताहको दोश्रो दिन शुक्रबार राजविराज जेसीजले राजविराज कारागारमा रहेका कैदिबन्दी, प्रहरी र कर्मचारीहरुका लागि सेनेटाइजर, सेनेटरी प्याड र मास्कसहितको स्वास्थ्य सामग्री वितरण गरेको छ । कारागारमा रहेका कैदीबन्दी, कर्मचारी तथा सुरक्षाकर्मीहरुको स्वास्थ्य समस्यालाई मध्यनजगर गर्दै उक्त सामग्री वितरण गरिएको हो ।

नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष शंकर शारदाको प्रमुख आतिथ्य तथा राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालको अध्यक्षतामा आयोजित कार्यक्रम माझ कारागारका निमित्त प्रमुख संजयकुमार रामलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको राजविराज जेसीजका महासचिव खेलानन्द दासले जानकारी गराए । हस्तान्तरण गरिएको सामाग्रीमा १० लिटर सेनेटाइजर, चार कार्टुन मास्क र ४० पोका सेनेटरी प्याडलगायत रहेको कार्यक्रम संयोजक सिद्धार्थ तातेडले बताए ।

सामुहिक रुपमा राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरलगायत जेसीजका पदाधिकारी, प्रहरी र कैदीबन्दीका प्रतिनिधीको उपस्थिती रहेको थियो । कारागारका निमित्त प्रमुख रामका अनुसार कारागारमा १ आश्रित बालक र १७ महिलासहित ३ सय ७० जना कैदी बन्दी रहेका छन् ।