• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
घर पाएपछि दंग छन् विपन्न दलितहरु
महुली सामुदायिक बिकास केन्द्रको पहलमा हालसम्म सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ सय ६२ शम्भुनाथ नगरपालिकामा १० गरि १ सय ७२ वटा घरबिहिन

दलित तथा अतिबिपन्न परिवारलाई हस्तान्तरण गरिसकेका छ्न भने शम्भुनाथ नगरपालिका ४ कनकपट्टीमा ५० घर निर्माणाधिन अबस्थामा छन् ।

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, १९ मंसिर ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–४ कटाहा भेडियाका अति विपन्न दलितहरु निःशुल्क आवास(घर) पाए पछि निकै खुशी भएका छन् ।

आफ्नो घर बनाउन सक्ने आर्थिक हैसियत नभएका यस्ता अति विपन्न दलितहरुका लागि निःशुल्क आवासको व्यवस्थापन महुली सामुदायिक बिकास केन्द्र बकधुवा, ह्यबिट्याट फोर ह्युमानिटी नेपाल र गाउँपालिकाको संयुक्त साझेदारीमा गरिएको हो । यी संस्थाहरुले आफुहरु जस्ता गरिब विपन्नको आफ्नै घरको सपना साकार पारि दिएकोमा स्थानिय दलित विपन्नहरु निकै खुशि व्यक्त गरेका छन् ।

‘हामी जस्ता गरिवले यस्तो घरमा बस्नु पाउने कुरा कल्पना समेत गरेको थिएन’, स्थानीय श्रीलाल सदाले भने, ‘गरिवको पनि भगवान भएर कोहि आउँदा धेरै खुशी लागेको छ ।’ बर्खामा हावा पानी र हिउदामा ठण्डीले पिरोलिएको तितो भोगाई सुनाउँदै स्थानीय बिन्दादेवी सदाले भनिन्, ‘आफ्नै सुरक्षित आवस पाएपछी दंग परेकी छु, अब हवा–हुरी, बर्षा–बाढी र शितलहरमा ढुक्क भएर बस्न सक्ने अवस्था छ ।’

उनले घरपाए पनि बिधालय नहुँदा बालबालिकाहरु शिक्षा लिनबाट बन्चित भएको बताईन् । बस्तिदेखि बिधालय जान टाढा हुने भएकोले गाउँमा बिधालय अति आबश्यक रहेको उनले बताईन् । ‘विद्यालय टाढा छ बाटो त्यहाँ सम्म सहजै जान सक्ने बाटोसम्म छैन’, उनले भनिन्, ‘बिधालय पुग्नै घण्टौ लाग्छ, हामी गरिबका लागि आवासको व्यवस्था गरेछै हाम्रा बालबालिकालाई विद्यालयसम्म सहज पहुचको प्रबन्ध मिलाई दिए हामी गरिब, विपन्नका लागि ठुलो उपकार हुने थियो ।’

यसैबीच सप्तरीको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचर्य नेतृत्वको एकटोलीले शुक्रबार गरिब विपन्नहरुका लागि बनाईएको ‘सुरक्षित आवासको’ अबलोकन गरेका छन् । स्थानीय श्रोत, साधानको उपयोग गरि थोरै लगानीमा दिगो र सुरक्षित घर देख्दा प्रभावकारी काम भएको भन्दै प्रमुख जिल्ला अधिकारी आचर्यले यस्ता कार्यको निरन्तरतामा जोड दिए । ‘साँचै राम्रो काम भएको मैले अनुभव गरे’, प्रजिअ आचार्यले भने, ‘अति बिपन्न आवासबिहिन समुदायले निशुल्क घर पाउनु यो भन्दा राम्रो के हुन्छ र ? हामिले यस कार्यलाई अझै निरन्तरता दिन सकिए थुप्रै गरिब, दलित, विपन्नहरुको आफ्नै घरको सपना साकार पार्न सहज हुनेछ ।’

महुली सामुदायिक बिकास केन्द्र बकधुवा, ह्याबिट्याट फोर ह्युमानिटी नेपाल र अग्निसाईर कृष्णासवरन गाउँपालिकाको त्रिपक्षीय सहयोगमा ५० घर निर्माण गरि अतिबिपन्न आवासबिहिन परिवारलाई निशुल्क हस्तान्तरण गरिएको छ । पक्की फन्डेसन तथा पिल्लर, टिनको छाना र बाँसको प्रयोग गरि निर्मित एउटा घरमा २ लाख पचास हजार लगानी भएको महुली सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिए । उक्त घरको आयु कम्तीमा ४० बर्ष हुने उनले बताए । सस्तोमा आकर्षक घर नमुना बास्ती बनेपछि देश बिदेशबाट अबोलनकर्ता आउने गरेको छ ।

एकीकृत नमुना बास्ती अबलोकनका लागि प्रमुख जिल्ला अधिकारी आचर्य, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष श्म्भुनन्द चौधरी, अग्निसाईर कृष्णास्वरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी, ह्याबिट्याट फोर ह्युमानिटी नेपालका कार्यक्रम प्रबन्धक रामप्रकास सिंह दनुवार, कार्यक्रम संयोजक राजिव बर्मा, ईन्जिनियर रामसुन्दर यादव, शम्भुनाथ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दुर्गानन्द भगत कटाहा भेडियामा पुगेर बस्ती अबलोकन गरेको महुली सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले जानकारी दिए ।

टोलिले अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ स्थित छ्पकीका बाँस उपचार केन्द्रको समेत अनुगमन गरे । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलिले शम्भुनाथ नगरपालिका वडा नम्बर ४ मा निर्माणधिन ५० घर सुरक्षित आवासको समेत निरीक्षण गरेका थिए । थोरै लगानीमा भरपर्दो , सुरक्षित र दिगो घर निर्माण गरि अतिबिपन्न परिवारलाई निशुल्क प्रदान गतेको भन्दै अग्निसाईर कृष्णासवरन गाउँपालिका पुरस्कृत समेत भएका छ्न । महुली सामुदायिक बिकास केन्द्रको पहलमा हाल सम्म सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ सय ६२ शम्भुनाथ नगरपालिकामा १० गरि १ सय ७२ वटा घरबिहिन दलित तथा अतिबिपन्न परिवारलाई हस्तान्तरण गरिसकेका छ्न भने शम्भुनाथ नगरपालिका ४ कनकपट्टीमा ५० घर निर्माणाधिन अबस्थामा छन् ।