• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

प्रदेश सरकार सिंह दरवारका शाखा कार्यालय होईन ः राज्य मन्त्री मण्डल

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, १८ मंसिर ।
प्रदेश नम्बर २ का उधोग, पर्यटन, वन तथा बाताबरण राज्य मन्त्री सुरेश मण्डलले केन्द्र सरकारले प्रदेश सरकारलाई सिंह दरवारको शाखा कार्यालय जस्तो व्यबहार गरेको बताएका छन् ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा बिहीबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जनता समाजवादी पार्टी अग्निसाईर कृष्णासवरन गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मण्डलले संघीय सरकार संघीयता असफल पार्ने खेलमा लागेको आरोप लागाए ।

संघीय सरकारले श्रोत, साधान र प्रशासन आफ्नै माताहातमा राखेको छ, राज्यमन्त्री मण्डलले भने, देशको कूल बजेटको ३ प्रतिशतले ७ वटा प्रदेश धान्नुपर्ने बाध्यता छ । मन्त्री मण्डलले श्रोत साधन र शक्ति केन्द्र सरकारमा निहित भएको उल्लेख गर्दै संघीयता असफल पार्ने षड्यन्त्र केन्द्र सरकारबाटै भएको आरोप लगाए । केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई अधिकारबिहिन बनाएको चर्चा गर्दै राज्यमन्त्री मण्डलले प्रदेश सरकारलाई सिंह दरवारको शाखा कार्यालय जस्तो व्यबहार गरेको बताए ।

प्रदेश २ सरकारलाई असफल पार्न मन्त्रालयमा सचिव पटक–पटक हेरफेर गरेर काम अबरुद्ध पार्ने केन्द्र सरकारको नीति रहेकोले काम गर्न समस्या हुने गरेको उनले बताए । मन्त्री मण्डलले पर्यटन बिकासका लागि ठोस योजना प्रदेशमा ल्याउन कार्यकर्तालाई आग्रह गर्दै प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एबम् श्रम तथा रोजगार बिभाग प्रमुख राज कुमार लेखिले राज्यद्वारा बहिष्करणमा परेको समुदायलाई राज्यको मुल प्रबाहीकरण पु¥याउन जनता समाजवादी पार्टी गठन भएको बताए । राज्यको बिभेदकरि नीति विरुद्ध पार्टीका सबै तहका कमिटीलाई संगठित बनाउनुपर्नेमा उनले जोड दिए । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सुर्यनाथ यादवले पार्टी समायोजनको काम चाँडै हुने जानकारी दिदै एकजुट भएर अघि बढ्न कार्यकर्तालाई अग्रह गरे ।

जनता समाजबादी पार्टी अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष रामदेव यादवको अध्यक्षतामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रम केन्द्रिय सदस्य कल्पना चौधरी, संघीय परिषद् सदस्य गुनानन्द चौधरी, पूर्व केन्द्रिय सल्लाहकार चन्देश्वर यादव, गाउँपालिका अन्तरगतका जिल्ला तहका पदाधिकारी तथा सदस्य स्थानीय अगुवा नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

पार्टी सचिव मिलन चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत सत्यनारायण चौधरीले गरे भने गाउँपालिकामा पर्यटन बिकासको सम्भाब्यता र पार्टीको अबस्थाको बारे बरिष्ठ उपाध्यक्ष दिनेश कुमार साहले जानकारी गराएका थिए ।