• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मन्त्रीमण्डलद्वारा आदिवासी जनजाती महासंघ भवन उद्घाटन

मन्त्रीमण्डलद्वारा आदिवासी जनजाती महासंघ भवन उद्घाटन

बिरेन्द्र बजार, १८ मंसिर ।
प्रदेश नम्बर २ का उद्योग, पर्यटन, बन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले बिहीबार नेपाल आदिवासी जनजाती महासंघ सप्तकोशी नगरपालिकाको कार्यालय भवन उद्घाटन गरेका छन् ।

सप्तरीको सप्तकोशी नगरपालिका ८ स्थित बर्लादहमा नवनिर्मित भवन एक समारोहका बीच रिवन काटेर राज्यमन्त्री मण्डलले उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै राज्यमन्त्री मण्डलले आदिवासी जनजाती समुदायले कार्यालय भवन बनाउन पाउनु आन्दोलनको उपलब्धि भएको बताए । आदिवासी जनजातिलाई मुलप्रबाहमा पु¥याउनु सरकारको दायित्वभित्र पर्ने बताउदै प्रदेश सरकार आदिवासी जनजाती समुदायको हक अधिकार सुनिश्चितता गर्न प्रतिबद्ध रहेको बताए ।

प्रदेश सरकार आदिवासी, मधेशी, दलित, मुश्लिमलगायतका उत्पीडित समुदायको सरकार भएको दाबी गर्दै मन्त्री मण्डलले प्रदेश २ सरकार अधिकार प्राप्तिका लागि संघर्षरत् रहेकोले आदिबासी जनजाती समुदायको साथ सहयोगको आबश्यकता औलाए । नेपाल आदिबासी जनजाति महासंघका पूर्व अध्यक्ष राज कुमार लेखीले आन्दोलनको बलमा प्राप्त उपलब्धि खोस्ने षड्यन्त्र भईरहेको बताए । बर्तमन सरकारले नै संबिधान उल्लंघन गरेको चर्चा गर्दै लेखीले भने, संघीय लोकतान्त्रिक गणतन्त्र हटाउने सरकारको निर्णयले संबिधानको उपाहास गरेको छ । लेखीले आदिवासी जनजातिमाथि हुने अन्याय, विभेद र असमान व्यबहार विरुद्ध आदिवासी जनजाती महसंघले सक्रियता बढाउनु पर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति माहासंघका संस्थापक सदस्य डा. ज्योति दनुवारले आदिवासी जनजाति समुदायले बर्वमान संबिधानबाट धेरै अधिकार प्राप्त गरेको बताए । उनले प्राप्त अधिकारको रक्षा र बाँकी उपलब्धिका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए । नेपाल आदिबासी जनजाती महासंघका पूर्व सचिव ध्यानी उराउले अधिकार सुनिश्चितताको लागि पहिचानबादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीका पूर्व सचिब अधिबक्ता गुकुल भुजेलले संबिधानबाट प्रात अधिकार कानुनमार्फत सरकारले खोस्दै गएको आरोप लगाए । नेपाल आदिबासी जनजाती महासंघ नगर समवन्य परिषद् सप्तकोशी नगरपालिका अध्यक्ष ईशु लेखीको अध्यक्षतामा आयोजित भवन निर्माण तथा अन्तरक्रिया कार्यक्रममा सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, उपप्रमुख आशा कुमारी चौधरी, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य कल्पना चौधरी, आदिवासी जनजाति प्रदेश नम्बर २ का सह संयोजक दिल कुमारी चौधरी, सिराहा अध्यक्ष डेनोक मोक्तान, सप्तकोशी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारीसहित आदिवासी जनजाती अगुवा नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत नगर कोषाध्यक्ष लिला थापा मगरले गरिन् । हलसहितको एक तल्ले भवन १० लाख लगानीमा निर्माण गरेको आदिवासी जनजाति महासंघ सप्तकोशी नगरपालिकाका सचिब चेतन राईले जानकारी दिए ।