Top_Header_Right_Add

बाल विवाह अन्त्यका लागि चौतर्फी प्रतिवद्धता

विद्यार्थी सशक्त भए मात्र बाल विवाह अन्त्य हुने
बाल विवाह अन्त्यका लागि चौतर्फी प्रतिवद्धता

राजविराज, १८ मंसिर ।
विद्यार्थी र बालबालिकाहरु सशक्त भए मात्र बाल विवाहको समस्य अन्त्य हुने बिहीबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । राजविराजस्थित पवि माविमा आयोजित बाल विवाह न्यूनीकरणसम्बन्धि अन्तरक्रियामा वक्ताहरुले यस्तो विचार राखेका हुन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बाल बिबाह न्यूनीकरणसम्बन्धि १६ दिने अभियान मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा अधिकारकर्मी, सामाजिक कार्यकर्ता, प्रहरी, शिक्षक र बिद्यार्थीहरुबीच सम्पन्न अन्तर क्रियामा बोल्दै वक्ताहरुले बाल विवाहका कारण अझै पनि समाजमा बिभिन्न प्रकारका कुरीति तथा कुप्रथाहरु जडो गार्दै गरेको बताए ।

पवि माविका सहायक प्रधानाध्यापक मोहन मिश्रको अध्यक्षता एवम मूल समारोह समितिका संयोजक मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले बाल विवाह अन्त्यका लागि प्रतिबद्धता समेत जनाएका छन् । बाल विवाह न्यूनीकरण गर्न बिद्यार्थीहरु सशक्त बन्नु जरुरी रहेको भन्नु हुँदै प्रमुख अतिथी पोखरेलले सबैभन्दा ठूलो जिम्मेबारी बालबालिका, परिवारका सदस्यहरु र समाजको हुने भएकोले बालविवाहको घटनाको निगरानी गर्न आबश्यक रहेको बताए । समाज र अभिभावकहरुले निगरानी नपु¥याउँदा बाल बालिकाहरु बाल प्रेम बिबाह तथा लागुपदार्थको दुव्र्यसनमा फँस्ने गरेको समेत बताउनुहुँदै पोखरेलले बाल बिबाहले किशोर–किशोरीहरुको स्वास्थ्यमा समेत असर पार्ने हुँदा निगरानी बढाउँनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका उपाध्यक्ष मीना साह, पत्रकार पिन्टुकुमार यादवले बाल विवाह न्यूनीकरणका लागि विद्यालयले समेत जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र पाठ्य सामाग्रीमा समावेश गर्नुपर्ने विचार व्यक्त गरे । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले गरिबी, अशिक्षा, सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोग लगायतका कारणले बाल विवाह न्यूनीकरणमा समस्या आएको बताए । अहिले भागी विवाह समस्याका रुपमा अगाडि बढेको समेत सहभागीहरूको भनाइ रह्यो ।

नेपाल सरकारले सन् २०१५ मा वेलायतमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२० भित्र बाल विवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० सम्ममा नेपाललाई बाल विवाह अन्त्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । बालबालिका र किशोरकिशोरीको चेतना अभिबृद्धि गरी सशक्तिकरण ल्याउन र बाल बिबाहका घटनाहरु न्युनीकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer