• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

अपांगता दिवसमा १६ जना अपांगलाई कम्बल वितरण

अपांगता दिवसमा १६ जना अपांगलाई कम्बल वितरण

राजविराज, १८ मंसिर ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले बिहीबार १६ जना अपांगता भएका व्यक्तिहरुलाई सम्मानित गरेको छ । २९औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारेर गाउँपालिकाले उक्त सम्मान गरेको हो ।

‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नारासहित मुलुक भर अपांगता दिवस मनाई रहँदा तिलाठी कोईलाडी गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुलाई सम्मानित गर्दै कार्यक्रम आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले जानकारी गराए । सम्मान कार्यक्रममा ८ वटै वडाका एक महिला तथा एक पुरुष गरी १६ जना अपाङ्गता भएका ब्यक्तिलाई कम्बल प्रदान गरि सम्मानित गरिएको अधिकृत झाको भनाई छ ।

गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्र, वडा नं. ८ का अध्यक्ष लक्ष्मीप्रसाद मण्डल, वडा नं. ७ का अध्यक्ष गुलाबप्रसाद सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा, जनस्वास्थ्य निरीक्षक दिपक कुमार मण्डल, शैलेन्द्र सिंहसहितकाले अपाङगता भएका ब्यक्तिलाई माया र सद्भाव राख्नु आवश्यक भएको बताए ।