• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जेसीज सप्ताहमा ५ जना सम्मानित

राजविराज, १८ मंसिर ।
‘जेसीज सप्ताह कार्यक्रम २०२०’ बिहीबारबाट प्रारम्भ भएको छ । राजविराज जेसीजको आयोजनामा थालिएको जेसीज सप्ताहको उद्घाटनको अवसरमा बिभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गरेका ५ जनालाई सम्मानित समेत गरिएको राजविराज जेसीजले जनाएको छ ।

साताव्यापी कार्यक्रमको उद्घाटनमा सम्मान कार्यक्रमको आयोजना गरी सामाजिक क्षेत्रमा योगदान पु¥याउने समाजसेवी हितनारायण लाल दास, एकल महिलाको अधिकारको क्षेत्रमा योगदान पु¥याउने अधिकारकर्मी अनिता देवकोटा, शैक्षिक क्षेत्रमा योगदान पु¥याउने सह–प्राध्यापक शुशिलचन्द्र कर्ण, न्यायीक क्षेत्रमा योगदान पु¥याउने अधिवक्ता मीनाकुमारी देव र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने माला कर्णलाई सम्मानित गरिएको राजविराज जेसीजका महासचिव खेलानन्द दासले जानकारी गराए ।

राजविराज जेसीजका अध्यक्ष तारा कटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीजको योगदानको चर्चा गर्दै नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, बरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई तथा सम्मानित पाँचै जनाले मन्तव्य व्यक्त गरेका थिए ।

अध्यक्ष कटवालले कोरोना महामारीले गर्दा सबै क्षेत्र प्रभावित भएको र जेसीजले स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्ना गतिविधि तथा कोभिडसम्बन्धि चेतनामूलक कार्यक्रमहरु गर्दै आएको बताए । कार्यक्रममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष प्रतापसिंह तातेड, पूर्व उपाध्यक्ष एवम् सप्तरी उद्योग बाणिज्य संघका महासचिव अनन्त साह, इटहरी जेसीजका पूर्व अध्यक्ष मोहन प्याकुरेल, राजविराज जेसीजका पूर्व अध्यक्षहरु मनोहरकुमार पोखरेल, मिलन सिंह, सन्तोष सिन्हा, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुर लगायत अधिवक्ताहरु, अधिकारकर्मीहरु, पत्रकारहरु, नागरिक समाज, बुद्धिजिवी, व्यापारीहरुको उपस्थिति रहेको थियो ।

जेसीज साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार राजविराज कारागारमा स्वास्थ्य सामग्री वितरण, शनिबार शम्भुनाथ मन्दिरको सरसफाई, आइतबार रुपनी गाउँपालिकाको रायपुर पौवास्थित जेसीज स्कूलमा शैक्षिक सामग्री वितरण, सोमबार राजविराजको गजेन्द्र चोकमा रक्तदान, मंगलबार गजेन्दनारायण सिंह अस्पतालका गर्भवती, सुत्केरी महिलालाई पोषण सामग्री वितरण र अन्तिम दिन बुधबार सुरुङ्गा नगरपालिका–३ दौलतपुरमा स्वास्थ्य सामग्री वितरण तथा अन्तरक्रिया र बेलुका लैङ्गिक हिंसामा मृत्यु भएकाहरुको सम्झनामा राजविराजको गजेन्द्र चोकमा मैनवत्ती प्रज्वलन कार्यक्रम रहेको महासचिव दासले जानकारी गराए ।