राजविराज, १७ मंसिर ।
माहुरीले टोक्दा सप्तरीमा एक महिलाको मृत्यु भएको छ । घटना जिल्लाको रुपनी गाउँपालिका–१ को हो ।
घर नजिकैको खेतबारीमा गएको बेला अचानक माहुरीले टोक्दा स्थानीय राजेशकुमार यादवकी २४ वर्षीया श्रीमती रमिला देवी यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।
तत्कालै यूनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
मृतकको शव राजविराजमा रहेको गजेन्द्रनारायण सिंह, अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि पठाएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।