Top_Header_Right_Add

सप्तरीको उत्तरी क्षेत्रमा सवारी चोरीको घटना वृद्धि, स्थानीयबासी त्रसित

सप्तरीको उत्तरी क्षेत्रमा सवारी चोरीको घटना वृद्धि, स्थानीयबासी त्रसित

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, १७ मंसिर ।
सप्तरीकोको उत्तरी क्षेत्रमा सवारी साधान चोरीको घटना बढेपछि स्थानीयबासी त्रसित भएका छन् । पूर्व–पश्चिम लोकमार्ग वरिपरिबाट दैनिक मोटरसाइकल तथा साईकल चोरीको घटना बढेपछि सो क्षेत्रका बासिन्दाहरु त्रसित भएका हुन् ।

हाट बजार, मेला र रातको समयमा साईकल, मोटरसाइकल दैनिक जसो चोरी हुने गरेको स्थानीयले बताएका छन् । शनिबार शनिदेव दर्शन गर्न आएका एक भक्तजनको मोटरसाइकल चोरी भएको थियो । रुपनी गाउँपालिकास्थित शनि मन्दिरबाट दिउँसो प्र. नं. १–०२–०४१ प ३६४९ मोटरसाइकल चोरी भएको स्थानीयहरुले जनाएका छन् । चोरी भएको मोटरसाइकल हालसम्म पत्ता नलागेको मोटरसाइकल धनीले जानकारी दिएका छन् । मोटरसाइकल खोजी गरि संलग्नलाई कारबाही गर्न प्रहरी उजुरी दिएको उनले बताए । मोटरसाइकल टिकट काटेर पार्किङ्ग गरि राखिएको थियो ।

यसैगरी मंसिर १० गते अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ महुलीबाट समेत मोटरसाइकल चोरी भएको छ । घरमा राखेको स५प ७८७४ नम्बरको यमाहा कम्पनीको एफजेएस मोटरसाइकल रातरात चोरी भएको सवारी धनी सुरेश चौधरीले बताए । चोरी भएकै भोलिपल्ट प्रहरीमा निवेदन दिएपनि हालसम्म पत्ता नलागेको उनले जानकारी गराए ।

यस्तै रुपनी गाउँपालिकास्थित बिरेन्द्र बजारमा किनमेलका लागि आउने ग्रहकको प्रत्येक हटिया साईकल चोरी हुने गरेको छ । साईकलमा चाबी लगाएर किनमेल गरेर फर्किदा साईकल गायव हुने गरेको बजारमा आउने ग्राहकहरु बताउँछन् । दुई वटा साईकल बिरेन्द्र बजारबाट चोरी भयो अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर–२ का सूर्यमान तामाङले भने, तरकारी किनमेल गरेर साईकल राखेको ठाँउमा पुग्दा चोरी भएपछि हिडेर घर पुगे ।

यस्तै सोही ठाउँका ममता साहको समेत बिरेन्द्र बजारबाट २ वटा साईकल चोरी भएको बताएकी छिन् । किनेको एक महिना नपुग्दै साईकल चोरी भएको उनले जानकारी दिईन् । घर अगाडि राखेको साईकल समेत दिनडाहाडै हराएको उनले बताईन् । साहले पटकपटक गरि ४ वटा साईकल चोरी भएको जानकारी गराईन् । यी साईकल चोरीको घटना प्रतिनिधित्व मात्र हुन् । बिरेन्द्र बजार, महुली, रुपनी बजारलगायतका हाटबजारबाट सयौं साईकल हराएको स्थानीयहरुले बताएका छन् ।

योजनाबद्ध तरिकाले साईकल चोरी गर्ने गिरोह ठूलो भएपनि हालसम्म पत्ता लाग्न सकेको छैन । दैनिक सवारी साधन चोरी भई बेपत्ता हुन थालेपछि सवारी धनीहरु त्रसित हुने गरेको रुपनी गाउँपालिका ६ का बिष्णु थापाले बताए । घरमा राखेको मोटरसाइकल रातरात हराउने डरले मनमा त्रास हुने गरेको उनले बताए । यस क्षेत्रमा दैनिक सवारी साधनहरु चोरीको घटना भएपनि संलग्न चोर र चोरी भएको साधन फेला नपरेको स्थानीयबासीहरुले जनाएका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer