• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

संस्कृति संरक्षणमा थारु समुदायको ठूलो योगदान छ ः साँसद चौधरी

संस्कृति संरक्षणमा थारु समुदायको ठूलो योगदान छ ः साँसद चौधरी

बिरेन्द्र बजार, १६ मंसिर ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का साँसद चन्द्रकान्त चौधरीले संस्कृति संरक्षणमा थारु समुदायको ठूलो योगदान रहेको बताएका छ्न ।

सप्तरीको शम्भुनाथ नगरपालिका ४ सखुवामा मंगलबार आयोजित समाचकेवा महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

शम्भुनाथ नगरपालिका वडा नम्बर ४ र थारु कल्याणकारी सभा वडा समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै साँसद चौधरी देशमा बिभिन्न जात समुदायको पहिचान समाप्त गर्ने खेल भईरहेको बताए । थारुलगायतका देशमा रहेको बिभिन्न समुदायको संस्कृतिले बिश्वसामु चिनाएको छ, साँसद चौधरीले भने, राष्ट्रको चिनारीलाई राज्यले समस्याको रुपमा लिई दमन गर्न प्रयास गरेपनी थारु समुदायले असफल पारेको छ । थारु समुदायले संस्कृति जगेर्ना गर्ने प्रयासको रुपमा समचकेवा पर्व मनाउदै आएकोमा साँंसद चौधरी धन्यवाद दिए ।

थारु समुदायले प्राचीन कालखण्डदेखि नै आफ्नो मौलोक संस्कृति जोगाउन पर्यत्न गरेको चर्चा गर्दै साँसद चौधरीले संस्कृति संरक्षणमा थारु समुदायको ठूलो योगदान रहेको बताए । साँसद चौधरीले थारु लगायतका लोपोन्मुख समुदायको संस्कृति संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । पूर्व साँसद जगदीश साहले नेपालमा मानिने चाडवाडले राष्ट्रिय एकतामा बल पुग्ने बताए । उनले सबै जातजातिको संस्कृतिलाई राज्यले सम्मान व्यबहार गर्नुपर्नेमा जोड दिए ।

उच्च स्तरीय बैज्ञानिक भूमी सुधार आयोगका पूर्व सदस्य एबम आदिबासी नेता बिनोद चौधरीले बर्तमन संघीय सरकारले थारु लगायतका उत्पीडित समुदायको सांँकृतिक अधिकार खोसेको आरोप लगाए । कुनै पनि समुदायको पहिचान समाप्त पार्नुलाई उनको संस्कृति, धर्म, भाषा नष्ट गरे पुग्ने भन्दै बर्तमन सरकारले यस्तै नीति लिएकोले प्रतिकार उत्रिनुको विकल्प नरहेको चौधरीले बताए ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य दिनेश यादवले थारु, मधेसी, दलित, मुश्लिम, महिला, आदिवासी जनजातिको अधिकार सुनिश्चितताको लागि एकजुट हुनुपर्नेमा जोड दिए । शम्भुनाथ नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा शम्भुनाथ नगरपालिका वडा नम्बर ९ का अध्यक्ष मनोज चौधरी, ३ का वडा अध्यक्ष शत्रुधन प्रसाद चौधरी, खडक नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गमकलाल चौधरी, थारु महिला समाज सप्तरीका अध्यक्ष संसारी देबी चौधरी, रामस्वागत बिश्वकर्मा, संजिव कुमार साह लगायतकाले शुभकामना मनतब्य व्यक्त गर्दै समाचकेवा पर्वको महत्व बारे प्रकाश पारे । अनुराधा चौधरी र ताराकान्त चौधरीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वगत थारु कल्याणकारी सभा सप्तरीका सचिव पुरुषोतम प्रसाद चौधरीले गरे ।

कार्यक्रममा बिभिन्न गाउँबाट ल्याएको सामाचकेवासहितका पौराणिक कथामा आधारित सयौं डाली प्रदर्शनीमा राखिएको थियो । समारोहमा थारु पहिरनमा सजिएका कलाकारहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए । यस्तैगरी शम्भुनाथ नगरपालिका वडा नम्बर ६ कठौनामा समेत समाचकेवा महोत्सवको आयोजना गरिएको जनाएको छ ।

वडास्तरीय सामा चकेवा महोत्सव समितिका अध्यक्ष प्रमिला चौधरीको अध्यक्षता तथा शम्भुनाथ नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मो. याकुव राईनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य बृजमान तामाङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीको अध्यक्ष प्रिया सिंह थारु, नेपाल आदिवासी जनजाती महासंघ शम्भुनाथ नगरपालिकाका अध्यक्ष श्रीनारायण चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेको आयोजक समितिका सचिब संगिता चौधरीले जानकारी दिईन् ।