• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

लोक कल्याण नेपालद्वारा तीन महिने विद्युत जडान तालिम आयोजना

लोक कल्याण नेपालद्वारा तीन महिने विद्युत जडान तालिम आयोजना

बिरेन्द्र बजार, १५ मंसिर ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक बजारमा लोक कल्याण नेपालको आयोजनामा ३ महिने विद्युत जडान तालीम शुरु भएको छ ।

सामाजिक बिकास मन्त्रालय ब्याबसायिक तथा सीप बिकास तालिम केन्द्र प्रदेश २ को सहयोगमा तालिमको आयोजना गरेको हो । विद्युत जडान तालिमका संयोजक सरोज कुमार चौधरीको अध्यक्षतामा आयोजित तालिमको सोमबार एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु गुरुङले मैनबत्ती बालेर उद्घाटन गरे । तालिम उद्घाटन गर्दै गुरुङले तालिममा सक्रिय सहभागिता जनाउन अग्रह गरे ।

सीपले आत्मा निर्भर बनाउने बताउदै गुरुङले सीप बिनाको मान्छेलाई रोजगारी पाउन समस्या हुने उल्लेख गरे । सीप नै सुखी जिवनको आधार हो, कार्यक्रमका प्रमुख अतिथि गुरुङले भने, तपाईंहरुको दक्षताले समृद्ध नगरपालिका बन्न टेवा पुग्नेछ । लोक कल्याण नेपालले नगरपालिका बासीलाई सीप सिकाउन तालिम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै गुरुङले तालिममा सहभागीहरुको दक्षताको आधारमा नगरपालिकाद्वारा रोजगारीको ब्यबस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।

गुरुङले बिकासमा सकारात्मक प्रयास हुनुपर्नेमा जोड दिए । कार्यक्रममा शम्भुनाथ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गानन्द भगत, ३ का वडा अध्यक्ष शत्रुधन प्रसाद चौधरी, ४ का वडा अध्यक्ष अरुण कुमार चौधरी, पत्रकार बृजमान तामाङ लगायतकाले तालिमको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।

स्थानीय युवा समाजसेवी सचिदानन्द माझीद्वारा संचालित कार्यक्रममा स्वागत कार्यक्रमका प्रशिक्षक राम पुजन महतोले गरे । तालिममा शम्भुनाथ नगरपालिका अन्तर्गतका बिभिन्न वडाका गरि २० जनाको सहभागिता रहेको आयोजक लोक कल्याण नेपालले जनाएको छ ।