• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

उद्घाटन खेलमा छिन्नमस्ता वडा–१ बिजयी

उद्घाटन खेलमा छिन्नमस्ता वडा–१ बिजयी

राजविराज, १४ मंसिर ।
’छिन्नमस्ता स्पोर्ट्स क्लबको अभियान राष्ट्रिय स्तरको क्रिकेट मैदान’ भन्ने मुल नारा सहित छिन्नमस्ता गाउँ पालिकाको सहयोगमा शनिवार देखि छिन्नमस्ता–१ बरही बिरपुरस्थित बरही थान पोखरी क्रीकेट मैदानमा टी–२० क्रिकेट प्रतियोगिता संचालन गरिएको छ ।

वडा स्तरीय प्रतियोगिताको उद्घाटन खेलमा छिन्नमस्ता वडा नं.–१ विजयी भएको छ । छिन्नमस्ता–५ लाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गर्दै छिन्नमस्ता–१ बिजयी भएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेका छिन्नमस्ता–१ले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै २ सय १९ रन वनाए । उसका लागी रमेश यादव ७०, छत्र नारायण राय ४४ र राजेश यादव ले ४० रनको योगदान गरेको थियो । बलिङ तर्फ छिन्नमस्ता–५ का सन्जय मेहता र अभिजित मेहताले समान २ विकेट तथा देबानन्द साह, नारायण मेहता र अन्कित मिश्र ले १र१ विकेट हात पारे ।

प्रतिउत्तरमा २ सय २० को लक्ष्य पछ्याएका छिन्नमस्ता–५ १४औं ओभरमा मात्र १ सय १३ रनमै समेटिए । उसका लागि नारायण मेहताले १४ र सन्जय मेहता ११ बाहेक अरु कसैले पनि दोहोरो अंक समेत जोड्न सकेनन् । बलिङतर्फ छिन्नमस्ता–१का छत्र नारायण राय, रबेन यादव र सन्तोष यादवले समान २र२ विकेट तथा सरि यादव र सन्जीब यादवले समान १र१ विकेट हात पारे ।

प्रतियोगिता उद्घाटन छिन्नमस्ता गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष राय र छिन्नमस्ता वडा नं.–१ का अध्यक्ष बिनोद कुमार यादवले सन्युत्त रुपमा गरेका थिए । उद्घाटन समारोहमाको अध्यक्षता छिन्नमस्ता स्पोर्ट्स क्लबका संरक्षक तिर्थ नारायण रायले गरेका थिए ।