बिरेन्द्र बजार ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर–६ स्थित शनि मन्दिरबाट शनिबार एक मोटरसाइकल चोरी भएको छ ।
पार्किङ गरेर राखेको प्र.न. १–०२०४१प ३६४९ नम्बरको मोटरसाइकल चोरी भएको हो । मोटरसाइकल शनि मन्दिरमा एक समितिले रु २० को टिकट काटेर पार्किङ गरेर राखेको मोटरसाइकल धनीले बताए ।
समितिले मोटरसाइकलको हेर्ने जिम्मेवारी लिएपछि आफू ढुक्कसँग दर्शन गर्न गएको थिए मोटरसाइकल धनिले भने, दर्शन गरेर फर्कदा राखेको ठाउँमा थिएन । मोटरसाइकल चोरी भएको उजुरीको आधारमा प्रहरीले समितिका टिकट काट्ने एक ब्याक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मोटरसाइकल धनिले समितिबाट प्राप्त टिकटमा सहि गर्ने भिम बिकलाई नियन्त्रणमा लिई आबश्यक अनुसान्धन शुरु गरेको जनाएका छन् ।
यसअघि शनि मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि गाडी पार्किङको ब्यवस्था थिएन । सवारी पार्किङ गरि टिकट लिन शुरु गरेकै दिन मोटरसाइकल चोरी भएको स्थानीयले जनाएको छ । स्थानीयका अनुसार अबैध रुपले शनि मन्दिरमा पार्किङ गरि पैसा अशुली गर्न थालिएको थियो ।