Top_Header_Right_Add

दुई बर्ष निलम्बित वडा अध्यक्षको पुनर्बाहाली

दुई बर्ष निलम्बित वडा अध्यक्षको पुनर्बाहाली

बिरेन्द्र बजार, १२ मंसिर ।
भ्रष्टाचार मुद्दा लागेर निलम्बित सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिताम्बर यादव पुनर्बाहाली भएका छन् ।

रुपनी गाउँपालिका १ नम्बर वडा कार्यालयमा शुक्रबार आयोजित एक समारोहका बीच यादवलाई वडा अध्यक्षमा पुनर्बाहाली गरिएको हो ।

गाउँपालिका अध्यक्ष हरेराम यादवले फुलमाला र अबिर लगाएर यादवलाई वडा अध्यक्षको पदभार ग्रहण गराएका थिए । वडा अध्यक्ष यादवलाई २०७५ मंसिर २१ गते उच्च अदालत राजबिराज–जनकपुर ईजालासले भ्रष्टाचार ठहर गरि पदबाट निलम्बन गरेका थिए । निलम्बित वडा अध्यक्ष यादवले आफुबिरुद्ध षड्यन्त्र भएको भन्दै उच्च अदालतमा मुद्दा दोहोराई पाउँ भनी निबेदन दिएकोमा सर्बोच्चले भ्रष्टाचार मुद्दामा ठहरे बमोजिम हुने नै हुँदा हाल यादवलाई वडा अध्यक्षको रुपमा कामकाज गर्न रोक नलगाउन भनी रुपनी गाउँपालिकाको नाममा मुलुकी देवानी संहिता २०७४ को दफा १५६ बमोजिम अन्तरकालिन आदेश जारी गरेको थियो ।

अदालतको आदेशको सम्मान गर्दै यादवलाई वडा अध्यक्षमा पुनर्बाहाली गरिएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए । वडा अध्यक्षमा निर्वाचित हुनुअघि जिल्ला शिक्षा कार्यालय उदयपुरमा कार्यरत रहँदा यादवमाथी भ्रष्टाचारको मुद्दा लागेको थियो । मुद्दा लागेपछि १० बर्षको जागिर अबधिबाट राजिनामा दिई यादव स्थानीय चुनावमा रुपनी गाउँपालिका वडा नम्बर १ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालीन राजपाबाट वडा अध्यक्षमा निर्वाचित यादव विरुद्ध सोही मुद्दामा स्थानीयले पुनः मुद्दा दर्ता गराएका थिए । यादवलाई उच्च अदालत राजबिराज–जनकपुर ईजालासले २०७५ मंसिर २१ गते वडा अध्यक्षबाट निलम्बन गरेका थिए ।

गाउँपालिका अध्यक्ष हरेराम यादवको अध्यक्षता तथा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव, रुपनी गाउँपालिकाका उपाध्यक्ष बेचनी देबि सरदार, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, राजनैतिक दलका नेता तथा प्रतिनिधि, वडा सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा रुपनी गाउँपालिकाका ६ वटै वडा अध्यक्षलाई बोलाईए पनि २ नम्बर बाहेका कुनै पनि वडा अध्यक्ष उपस्थिति थिएन ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer