• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

पेट्रोल पम्पका मालिक रंजित भगत पक्राउ

पेट्रोल पम्पका मालिक रंजित भगत पक्राउ

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, १२ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारमा संचालित भगत पेट्रोल पम्पका मालिक रंजित भगत पक्राउ परेको छ ।

सवारी ज्यान मुद्दामा बुधबार भगतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुईसाता अगाडि भगतले चलाएको मोटरसाइकलबाट ठक्कर लागेका घाईतेको निधन भएपछि प्रहरीले उनलाई बिरेन्द्र बजारस्थिति घरैबाट नियन्त्रणमा लिएका छन् ।

पेट्रोल पम्मका मालिक भगत ईलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा छ । भगतलाई सवारी ज्यान मुद्दामा नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी नरेश कुमार सिंहले बताए । उनलाई अदालतबाट सात दिनको म्याद थप गरि सवारी ज्यानमुद्दा चलाएको डिएसपी सिंले जानकारी दिए ।

भगतको सवारी चालक अनुमतिपत्र समेत नभएकोले कानुन बमोजिमको कारबाही हुने प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका ११ मा कार्तिक २८ गते भगत चढेको अन्टेस्ट मोटरसाइकलले वतन नखुलेको पैदल यात्रीलाई ठक्कर हानेको थियो । भगतले चलाएको मोटरसाइकलको ठक्करबाट घाईतेको बिराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियोे । मृतकको भने हालसम्म पहिचान हुन सकेको छैन ।

मृत्यु भएका ब्यक्तिको आफन्तको खोजी भईरहेको प्रहरीले जनाएको छ । पेट्रोल पम्पका मालिक भगत यसअघि बिभिन्न काण्डहरुमा मुछिए पनि शक्ति र सम्पत्तिको आडमा उन्मुक्ति पाउदै आएका थिए । शक्ति र सम्पत्ति आड गुण्डागर्दी गर्दै आएका भगतलाई प्रहरी–प्रशासनले समेत संरक्षण दिने गरेका थिए ।

पछिल्लो समय सप्तरीको प्रहरी प्रमुखमा एसपी राजेन्द्र प्रसाद धमला आएसंगै अपराधमा संलग्न ब्यक्ति तथा अपराधी गिरोहहरु धमाधम पक्राउ पर्न थालेका छन् ।