Top_Header_Right_Add

विना जानकारी अधिकृत रवाना

छिन्नमस्ताको गाउँ सभा अझै अन्यौल
विना जानकारी अधिकृत रवाना

राजविराज, १२ मंसिर ।
मंसिरको दोश्रो साता बित्न लाग्दा समेत सप्तरीको छिन्नमस्ता गाउँ पालिकाको गाउँ सभा अझै हुन सकेको छैन । स्थानीय जनप्रतिनिधि बीचको आपसी खिचातानी, कोभिड–१९ को नाममा भएका खर्चहरूको हरहिसाबमा देखिएको विवाद तथा पछिल्लो पटक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत बिना जानकारी रवाना भएपछि गाउँ सभा झन अन्यौलमा परेको हो ।

स्थानीय तहसम्बन्धि कानुनी प्रावधान अनुसार असारमै गाउँ सभा गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ यद्यपी छिन्नमस्ता गाउँपालिका ले अझै आफ्नो गाउँ सभा गर्न नसकेको हो । उसो त छिन्नमस्ता गाउँपालिकाले हालसम्म कुनै पनि आर्थिक बर्षमा समयमा गाउँ सभा गर्न नसकेको हो ।

पछिल्लो साता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विना जानकारी रवाना भएपिछ कार्यालयमा आउने सेवाग्राहीहरु दैनिक सुबिधाबाट समेत बञ्चित भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा विगत डेढ सातादेखि कार्यालयमा नआउँदा अहिले सो गाउँपालिकाका अवस्था लथालिङ्ग बनेको छ ।

अधिकृत बिना जानकारीको रवाना लिएर गएपछि अहिले गाउँपालिकाको अवस्था दयनीय हुनुका साथै गाउँसभा समेत अन्यौल भएका छन् । बिना गाउँ अथवा नगर सभाको कुनै पनि स्थानीय तहले कुनै आर्थिक कामकाज गर्न नसकिने व्यवस्था स्थानीय सरकार संचालन ऐनमा उल्लेख छ ।

श्रोतका अनुसार कोभिड–१९ अर्थात कोरोना महामारीको नाउँमा छिन्नमस्ता गाउँपालिकामा झण्डै २० करोड भन्दा बढी बजेट खर्च भएको तथा सोही बजेटको विषयमा वडाध्यक्षसहित जनप्रतिनिधिहरु बीच हिसाव मिलान नभएकै कारणले अहिलेसम्म गाउँसभा अन्यौल अवस्थामा पुगेको छ ।

अधिकृत नभएका कारण लघुवित्त कार्यक्रमको झण्डै २० लाख रकम फ्रिज हुने अवस्था रहेको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक सिफारिस, संघसंस्था दर्ता, नवीकरण लगायतका अत्ति आवश्यक कामकाज प्रभावित बनेका कारणले दिनहुँ सयौं सेवाग्राहीहरु गाउँपालिका आएर पनि रित्तै हात घर फर्किने गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नहुँदा हाल गाउँपालिकामा अधिकांश कर्मचारीहरु कार्यालयमा उपस्थित हुँदैनन् ।

यता गाउँपालिकाका अध्यक्ष सूर्य नारायण मण्डल कुरुडले राजनीतिक खिचातानी तथा बिभिन्न कारणवस हालसम्म गाउँसभा हुन नसकेको बताए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer