• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

झुटुकीका अग्निपीडितलाई राहत बितरण गर्न पुगे ईन्जिनियर यादव

झुटुकीका अग्निपीडितलाई राहत बितरण गर्न पुगे ईन्जिनियर यादव

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, ११ मंसिर ।
सप्तरीका राजगढ गाउँपालिका वडा नम्बर ३ झुटकीका अग्निपीडित परिवारलाई बिहीबार धर्मी हल्फा महिला बिकास क्ल्वले राहत बितरण गरेको छ ।

क्लवका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादव झुटकी गाउँ पुगेर अग्निपीडित परिवारलाई राहत प्रदान गरेको हो ।

घरमा आगलागी भई सर्वस्व गुमाएका सिताराम यादव र हरेराम यादवको परिवारलाई त्रिपाल, झुल, धोती, भाँडाकुँडा लगायतका राहात सामाग्री बितरण गरेको जनाएको छ । कार्यक्रममा राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, प्रहरी चौकी झुटकीका प्रहरी साहायक निरीक्षक राम कुमार यादव, राजगढ गाउँपालिकाका कृषि शाखा प्रमुख, महि नारायण यादव, दिलिप मण्डल, पारसमनी पप्पु लगायतका स्थानीय बुद्धिजिविहरुको उपस्थित रहेको थियो ।

गत सोमबार आगलागी भई दुईवटा घर जल्दा ८ लाखभन्दा बढीको धनमाल नष्ट भएको थियो । ईन्जिनियर यादवले जिल्लाका अग्निपिडित, ठ्ण्डी पीडित, गरिव असाहाय तथा बिभिन्न बिपदमा परेकाहरूलाई निरन्तर राहत उपलब्ध गराउदै आएका छन् ।