बृजमान तामाङ्ग
बिरेन्द्र बजार, ११ मंसिर ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ स्थित मईटगढीमा बिहीबार एक महिलाको शव फेला परेको छ ।
स्थानीय मखेली यादवको पत्नी ६० बर्षीय गिता देवी यादव घर नजिकैको खेतमा मृत भेटिएको हो । बुधबार राती १० बजे घरबाट हिडेकी पत्नी बिहीबार बिहान १० बजे मृत अबस्थामा भेटिएको मृतकका पतिले बताए । राती घरबाट निस्किएका उनको शव बिहान घरदेखि १ किलोमिटर पूर्व खेतमा भेटिएको उनले जानकारी दिए ।
घरबाट बाहिर गएको थाहा पाएदेखि रातभर खोजतलास गर्दा नभेटेको पत्नी मृत भेटिदा आश्चर्य लागेको उनले बताए । यादवको शव खेतामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले शव परीक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल लगेको वडा अध्यक्ष अरुण कुमार चौधरीले बताए । यादवको शवलाई पोष्टमार्टम गरि परिवारको जिम्मा लागाउने तयारी भएको तथा घटना बारे अनुसान्धन भईरहेको प्रहरीले जनाएको छ ।