• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

‘न योग्यता अनुसारको जागिर छ, न काम वापतको पारश्रमिक नै’

सहिद परिवारको दुखेसो
‘न योग्यता अनुसारको जागिर छ, न काम वापतको पारश्रमिक नै’

राजविराज, ११ मंसिर ।
बिभिन्न चरणमा भएको मधेश आन्दोलनका क्रममा सहिद तथा घाईते भएकाहरूको परिवार जनले जनता समाजवादी पार्टीका नेताहरू समक्ष दुखेसो पोख्दै सहिद तथा घाईतेहरूको परिवारको भरण पोषणका निम्ति राजनीतिक लोकप्रियता केन्द्रित कार्यक्रम भन्दा भरपर्दो व्यवस्थापनका लागि आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टी अन्तर्गतको सहिद तथा वेपत्ता परिवार, घाईते एवम् द्वन्द्व प्रभावित व्यवस्थापन विभागका प्रमुख चन्दा चौधरी नेतृत्वको एक टोली समक्ष आफ्ना समस्याहरु राख्दै सहिद तथा घाईतेहरूका परिवारजनले यस्तो आग्रह गरेका हुन् ।

सहिद राजिव राउतकी पत्नी निलमले आफु कृषि ज्ञान केन्द्र राजविराजमा कार्यालय सहयोगी पदमा कार्यरत रहेको भएपनि पछिल्लो छ महिनादेखि तलबसम्म नपाएको गुनासो पोखिन् । ‘काम मात्रै गरेर परिवार चलाउन सकिदैन, काम वापतको तलब सुबिधा पनि पाउनु पर्छ’, निलमले भनिन, ‘समयमा तलब नपाउँद निकै समस्याहरु झेल्नुपर्ने बाध्यता छ, दशै, तिहार, छठ जस्तो समयमा पनि तलब दिईएन ।’

मलेठ घटनाका क्रममा सहादत प्राप्त गरेका सहिद आनन्द साहकी पत्नी अनिताले सहिद परिवारको नाममा जागिर, भैंसी, पोखरी, माछा पालन लगायतका नाना प्रकारका योजनाहरु बारे प्रचार–प्रसार सुनेपनि खासै सुबिधा पाउन नसकेको गुनासो गरिन् । अनिता स्नात्तक उत्तीर्ण छिन् । ‘योग्यता र क्षमता अनुसारको जागिर दिईए हामीलाई पनि सहज हुन्थ्यो’, उनले भनिन्, ‘हामी कि त योग्यता अनुसारको जागिर वा कुनै रोजगारका व्यवस्थापनतर्फ राज्यले पहल गरिदिए हाम्रो लागि ठूलो सहयोग हुन्थ्यो ।’

टोलीसँगको भेटघाटका क्रममा कतिपय सहिद परिवारले प्रदेश–२ सरकारमार्फत वितरण गरिएको भैंसी तथा अन्य सुबिधाहरूबाट समेत आफुहरु बञ्चित रहेको गुनासो पोखेका थिए । यता मलेठ घटनाका पीडितहरूले उक्त घटनाबारे प्रदेश सरकारले थालेको छानबिन अविलम्ब टुंग्याउँदै दोषी उपर कारवाहीका निम्ति पहल समेत गरिदिन टोली समक्ष आग्रह गरेका थिए ।

टोलीमा जसपा नेतृ चन्दा चौधरीसँगै सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सूर्यनारायण यादव, जसपा नेता केदार यादव, राजविराज नगरपालिकाका उप–मेयर साधना झा, नेपाल पत्रकार महासंघका सह–सचिव चन्दन यादव लगायतकाहरू सहभागी थिए । टोलीले सहिद तथा घाईते भएका १३ परिवारको अवस्था बुझ्नुका साथै उनीहरुसँग अन्तरक्रिया टोलीमा सहभागी पत्रकार चन्दन यादवले जानकारी गराए ।