• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

विद्यापति स्मृति पर्वमा तीन दिवसीय कार्यक्रम

विद्यापति स्मृति पर्वमा तीन दिवसीय कार्यक्रम

राजविराज, ०९ मंसिर ।
कार्तिक धवल त्रयोदशी तिथीमा प्रत्येक बर्ष मनाउने विद्यापति स्मृति पर्वको अवसरमा यसवर्ष तीन दिवसीय कार्यक्रम आयोजना गरिने मैथिली साहित्य परिषद्ले जनाएको छ । मैथिली भवनमा मंलबार परिषद्का अध्यक्ष सतिस कुमार दत्तको अध्यक्षतामा सम्पन्न कार्यसमितिको बैठकले तीन दिवसी विद्यापति स्मृति पर्व मनाउने निर्णाय गरेको परिषद्का उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी गराएका छन् ।

मंसिर ११ देखि १३ सम्म मनाईने तीन दिवसीय स्मृति पर्वको पहिलो दिन ११ गते मैथिल महिला परिषद्ले मैथिली भवनमा साहित्यिक गोष्ठी आयोजना गर्ने, १२ गते मैथिली साहित्य परिषद्ले ‘सप्तरीमे मैथिलीके अवस्थाः वर्तमान आ भविष्य’ विषयक खुल्ला निबन्ध प्रतियोगिता आयोजना गर्ने तथा अन्तिम दिन १३ गते शनिबार दिउसो १ बजे महाकवि विद्यापतिको स्मृतिमा श्रद्धाञ्जली सभा तथा शिवदत्त मिश्र मैथिली पुरस्कार, विजयेन्द्र विनोद कला संस्कृति पुरस्कार सहितका सम्मानहरु प्रदान गरिने निर्णाय भएको उपाध्यक्ष यादवले जानकारी गराए ।

बैठकले बिभिन्न विधाका पुरस्कारहरुकालागि नाम चयन गर्न चयन समिति समेत गठन गरेको छ । समितिको संयोजकमा परिषद्का उपाध्यक्ष श्यामसुन्दर यादव, सदस्यमा परिषदका पूर्व अध्यक्ष समेत रहेका पुरस्कारदाता परिवारका विवेकानन्द मिश्र र मैथिल महिला परिषद्की अध्यक्ष शान्ति झा रहेकी परिषद्का सचिव अजयकुमार झाले जानकारी गराए ।