Top_Header_Right_Add

कोभिड अस्पताल सितापुरमा साईनबोर्डसहित आबश्यक ब्यबस्थापन गर्न निर्देशन

कोभिड अस्पताल सितापुरमा साईनबोर्डसहित आबश्यक ब्यबस्थापन गर्न निर्देशन

बिरेन्द्र बजार, ०८ मंसिर ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले कोभिड अस्पतालमा साईनबोर्डसहितका आबश्यक ब्यबस्थापन गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य चौकी सितापुरमा संचालित कोभिड अस्पतालको सोमबार अनुगमन गर्दै स्वास्थ्य सुरक्षाको आबश्यक मापदण्ड बमोजिम ब्याबस्थापन गर्न उनले निर्देशन दिएका हुन् ।

अध्यक्ष चौधरी नेतृत्वको टोलीले स्वास्थ्य चौकी सितापुरका स्वास्थ्यकर्मीहरुलाई भेटेर आबश्यक सुरक्षाका साथ स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरे । कोरोनासँग लडदै जनताको सेवालाई निरन्तरता दिनुस् अध्यक्ष चौधरीले भने, स्वास्थ्य सुरक्षाको लागि आबश्यक बन्दोबस्त हामी गर्छौं । कोरोना विरुद्धको लडाई मिलेर जित्नुपर्छ ।

अध्यक्ष चौधरीले कोभिड अस्पतालबाट कोरोना सर्ने शंका नभएको दाबी गरे । हामी कोभिड अस्पतालमा भर्ना संक्रमितसंग भौतिक दूरी कायम राखेर सेवामा समर्पित छांै, चौधरीले भने, कुनै कुराको आबश्यक भए तत्कालै उपलब्ध गराउछौ । माँग गर्नुस । केही कमी हुन दिदैनौं । अध्यक्ष चौधरीले स्थानीयले बिरोध मात्र गर्ने तर निकास खोज्नबाट पंछिने गरेको भन्दै आक्रोश व्यक्त गरे । बैकल्पिक बाटोको ब्यवस्था र बौन्डरीवालका लागि पहिले नै स्थानीयलाई निकास खोज्न आग्रह गरेको जानकारी दिदै अध्यक्ष चौधरीले उनीहरुले सहयोग नगरेको भन्दै गुनासो गरे ।

न्युज टुडेसहित बिभिन्न संचार माध्यमहरुमा सितापुरको कोभिड अस्पतालबाटै कोरोना सर्ने जोखिम शिर्षकमा समाचार प्रकाशित भएपछि अध्यक्ष चौधरी नेतृत्वको टोलि कोभिड अस्पताल पुगेर आबश्यक जानकारी लिएका छन् । स्वास्थ्य चौकी सितापुरका स्वास्थ्यकर्मीहरुले संक्रमितहरु जथाभाबी हिडडुल गर्ने तथा पानीको ट्युबवेल समेत प्रयोग गर्न आउने जानकारी अध्यक्ष चौधरीलाई गराए ।

उनीहरुले अन्य स्वास्थ्य सेवा लिन आएकालाई सीधा सम्पर्क हुन नदिन आबश्यक ब्यबस्था मिलाउन ध्यानाकर्षण गराए । अध्यक्ष नेतृत्व टोलिमा प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादव, वडा नम्बर ३ का वडा अध्यक्ष अरुण कुमार चौधरी, पत्रकार बृजमान तामाङ्ग, स्वास्थ्य शाखाका कर्मचारी लगायतका रहेका थिए ।

कोभिड अस्पताल सितापुरमा कोरोनाबाट समुदायलाई सुरक्षित हुन कुनै प्रकारको सुचना दिने संकेतसम्म नराखिएको साथै खाना र चिया नास्ताको समेत ब्यबस्थामा ध्यान नदिएको पाईएको छ । अनुगमनका क्रममा संकेत बोर्डसमेत नभएको पाईएको थियो । अनुगमन टोलिद्वारा साईनबोर्ड र तत्कालका लागि स्वास्थ्य सेवा लिन आएका सेवाग्राहीहरुको सीधा सम्पर्क हुन नदिन बेराघेराको ब्याबस्था तत्कालै गर्न निर्देशन दिएका छन् ।

कोभिड अस्पतालसँगै अन्य स्वास्थ्य सेवा समेत भएकोले सेवाग्राहीको भिडभाड हुने गरेकाले समुदायमा कोरोना सर्ने संत्रास भने कायमै रहेको छ । पछिलो तथ्यांकअनुसार आग्निसाईर कृष्णासवरन गाउँपालिकामा कोरोना संक्रमितहरुको संख्या वृद्धि भएको छ । स्वास्थ्य सुरक्षाका नियम पालाना नगरी होम आईसोलेशनमा बस्ने संक्रमितहरुका कारण समुदायमा कोरोना सर्दै गएको स्थानीय बासीहरुले बताएका छन् ।

कोरोना पोजेटिभहरु होम आईसोलेशनमा नबसी जताभाबी हिडडुल गरिरहेको स्थानीयहरुले जनाएको छ । होम आईसोलेशनमा बस्नेहरुलाई गाउँपालिकाले कडाई नगरेको भनी स्थानीयहरुले गुनासो गरेका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer