बृजमान तामाङ्ग
बिरेन्द्र बजार, ०७ मंसिर ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–२ स्थित सितापुरमा संचालित कोभिड अस्पतालबाटै समुदायमा कोरोना सर्ने जोखिम बढेको छ ।
कोभिड अस्पतालसंगै जोडिएको स्वास्थ्य चौकीमा सेवाग्राहीहरुको बाक्लो आवातजावत हुने गरेका कारण समुदाय स्तरमा कोरोना सर्ने जोखिम बढेको हो ।
स्वास्थ्य चौकीको भवनमा कोभिड अस्पताल संचालनमा ल्याउदा कोरोना सर्ने सम्भावना बढेको स्थानीयहरु बताउँछन् । कोभिड अस्पताल संचालनमा ल्याउनु खुशीको कुरा हो स्थानीय मिलन चौधरीले भने, तर सुरक्षाका निम्ति स्वास्थ्य मापदण्ड खै त ? कोभिड अस्पतालसँगै स्वास्थ्य चौकी, बर्थिङ्ग सेन्टर लगायतका सेवाहरु एकै ठाउँमा हुँदा कोरोना सर्ने बढि जोखिम रहेको चौधरीले बताए ।
कोभिड अस्पताल संचालनमा ल्याउनुअघि कोरोनाबाट पूर्व सुरक्षित र सावधानी नअपनाउँदा कोरोना सार्न गाउँपालिकाले नै भूमिका खेलेको स्थानीयको आरोप छ । कोभिड अस्पतालमा खाने, पिउने ब्याबस्था नहुँदा संक्रमितको आफान्तले जोखिम मोल्दै सम्पर्कमा आउनुपर्ने संक्रमितका आफन्तहरूको गुनासो छ । नामको मात्र कोभिड अस्पताल पानी पिउनेसम्मको ब्याबस्था छैन, एक कोरोना संक्रमितका आफन्तले भने, बिहान, आफैले घरबाट चिया पु¥याउनुपर्छ । दिनमा खाना लिएर आफै पुग्नुपर्छ । कोभिड अस्पताल संचालनमा आएपछि स्वास्थ्य चौकीमा कार्यारत स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ भएको स्थानीयले जानकारी गराएका छन् ।
कोभिड अस्पतालमा सिधा जनसम्पर्क हुन नदिन कोभिड अस्पताल र स्वास्थ्य चौकीको बीचमा बाल निर्माण गर्ने भनिएपनि गाउँपालिकाले वास्ता नगरेको स्थानीयको दुखेसो छ । कोभिड अस्पतालमा कुनै प्रकारको संकेत, बोर्डहरु नहँुदा स्वास्थ्य सेवा लिन आएकाहरु संक्रमितहरुको सम्पर्कमा सिधै पुग्ने गरेको स्वास्थ्य चौकीका कर्मचारीहरु बताउँछन् ।
यसअघी स्वास्थ्य चौकीको भवनमा कोभिड अस्पताल संचालन गर्ने र स्वास्थ्यसेवाहरुलाई अन्यत्र सर्ने गाउँपालिकाको निर्णय सार्वजनिक भएपछि बिरोध भएको थियोे । स्थानीयले बिरोध जनाएपछि गाउँपालिका आफ्नो निर्णयनाट पछि हटेका थिए । कोभिड अस्पताल स्वास्थ्य चौकीको भवनमा राख्ने र अन्य स्वास्थ्य सेवालाई गाउँपालिकाको केन्द्र अगाडि रहेको गोदाम घरमा सुचारु गर्ने स्थानीयसँग सहमति भएपनि त्यसो नगरी कसैलाई थाहा नदिई सुटुकै गाउँ सभा सदस्यहरूको उपस्तिथिमा गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले कोभिड अस्पताल उद्घान गरेका थिए ।
गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले गाउँपालिकाबाट केही कमजोरी भएको स्वीकार गरेका छन् । गाउँपालिकाबाट गर्नुपर्ने ब्याबस्थामा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष चौधरीले आजै गएर यथार्थ बुझ्ने प्रतिक्रिया दिए । उनले गाउँपालिकामा संक्रमितहरुको संख्यामा थप बृद्धि हुँदै गएकोले एक जना डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली र दुई वटा अक्सिजनको ब्यवस्था मिलाएको जानकारी दिए ।
कोभिड अस्पतालमा ५ वटा मात्र बेड संख्या रहेकोले अधिकांश होम आईसोलेशनमा बस्ने ब्यबस्था मिलाएको तथा गम्भीर अबस्थाकालाई मात्र कोभिड अस्पतालमा राख्ने गरेको अध्यक्ष चौधरीले बताए । पछिलो समय अग्निसाईर कृष्णासवरन गाउँपालिकामा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ ।