• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

उपाधीका लागि बरमझिया र कल्याणपुर बीच प्रतिस्प्रर्धा हुने

सहिद प्रभुनारायण स्मृति टी–२० क्रिकेट
उपाधीका लागि बरमझिया र कल्याणपुर बीच प्रतिस्प्रर्धा हुने

राजविराज, ०४ मंसिर ।
सहिद प्रभुनारायण यादव स्मृति ट्रस्टले सप्तरीको तिलाठी कोईलाडी–८ तोपामा संचालनको गरेको सहिद प्रभुनारायण स्मृती टी–२० क्रिकेट प्रतियोगिताको उपाधीका लागि बरमझिया तथा कल्याणपुर(लालपट्टी) बीच प्रतिस्प्रर्धा हुने छ ।

बिहीबार सम्पन्न दोश्रो सेमिफाईनल खेलमा रुपनीलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै बरमझिया फाईनलमा आफ्नो स्थान बनाउन सफल भएको हो । टँस जितेर पहिला ब्याटिङ्ग गरेका रुपनीले १६ ओभरमा आउल आउट हुँदै १ सय ३२ रन बनाउन सफल रहे । उसका लागि हसन अलिले ४०, ब्रजेश मण्डलले १७ तथा अनिल यादवले १६ रनको योगदान गरे । बलिङ्गतर्फ बरमझियाका तारानन्द यादवले ३ तथा महानन्द यादव र विजय यादवले समान २÷२ सफलता हात पारेका थिए ।

प्रतिउत्तरमा बरमझियाको टिम खेलको १३औ ओभरमा ३ विकेट गुमाउँदै विजय लक्ष्य पार गरे । बरमझियाका लागि महानन्द यादवले ६७, अमनले २३ तथा सन्तोषले १३ रनको योगदान दिए । बलिङ्गतर्फ रुपनीका हसन अलिले २ तथा तुलसीले १ सफलता हात पारे । खेलको म्यान अफ द म्याच बरमझियाका महानन्द यादव घोषित भएको आयोजक ट्रस्टका सचिव भगवानलाल यादव(रोहित)ले जानकारी गराए ।