म बसेको ठाँउ सप्तरीको सदरमुकाम राजबिराज नगरपालिका हाल वडा न.४ हो, मेरो जन्मस्थल पनि यही हो, स्थानीय चुनावले अहिलेसम्म खासै परिवर्तन हाम्रो नगरपालिका देखिएको छैन, स्थानीय चुनावले अरु प्रदेश को तुलनामा हाम्रो प्रदेश, जिल्ला, नगरपालिका, वडा कार्यालयको अधिकांस ठाँउमा भ्रष्टाचार बढि भएको महसुस गरेको छु । बिकास को नाउँमा भ्रष्टाचार बढि गरिएको देखिन्छ ।
भन्न त भनिन्छ सप्तरीको सदरमुकाम राजबिराज तर मुख्य मुख्य बाटोको अवस्था जिर्ण छन् । खेलमैदानको अवस्था दयनीय छ, बसपार्कको व्यवस्था अहिलेसम्म गरिएको छैन, छात्राबास सुरु गरिएको एक दशक बितिसक्दा नि काम अलपत्र परेको छ । बाटोघाटोमा बत्तिको सुबिधा देखिदैन । एउटा अञ्चल अस्पताल छ तर त्यसमा नि अहिलेसम्म भेंटिलेटर सुबिधा, आइसियू सुबिधा छैन, सरसफाइको कुरा गर्दा अस्पताल त परै जाओस् नगर भरी जताततै फोहोर, छाडा सुंगुरको बिगबिगी देखिन्छ ।
‘जनताको सरोकार, स्थानीय सरकार’ यसरी नै तपाईं पनि आफ्नो गाउँ, नगर तथा वडाको समग्र विकासीय अवस्था तथा त्यहाँका स्थानीय सरकार र जनप्रतिनिधिहरुको बारेमा आफ्नो प्रतिक्रिया बढिमा ३ सय ५० शब्द सम्ममा पठाउन सक्नुहुनेछ । प्रतिक्रिया पठाउने ठेगाना newstoday.rjb@gmail.com वा हस्तलिखित प्रतिक्रिया न्यूज टुडेको कार्यालय तथा साझा पुस्तक भण्डार राजविराजमा पठाउन सक्नुहुनेछ । |
कुनैपनी निकायमा गतिलो काम गरेको देखिदैन, बिकासको नाउँमा वडाहरुमा बढि पिसिसी र आरसिसी ढलान गरिएको देखिन्छ त्यो गर्नुको नि कारण यो काम गर्दा जनप्रतिनिधिहरुले आफ्नो पिसि (कमिशन) राखेर यो काम गर्दै आइरहेका छन । मगन्ते कमाई भइरहेको कारण ले पनि होला यो काम बाहेक अरु काममा बढी चासो धेरै जसो स्थानीय जनप्रतिनिधि दिरहेको छैनन यसको प्रत्यक्ष उदाहरण साइ कृष्णा मेडिकल अस्पताल हो त्यतिबेला का केही ठुलाबडाका कारण त्यो अस्पताल बन्द गरिए, लापरबाही र भ्रष्टाचार बढ्दै गएको छ ।
बिकासको नाउँमा जनप्रतिनिधिहरु ठुला–ठुला कुरा गरेको जनाउन समाजिक संजालको प्रयोग बढि गरिएको देखिन्छ । यिनको लागि बिकास भनेको समाजिक संजालमा पोस्ट हाल्नु बाहेक केही होइन । अहिले कोरोना भाइरसको प्रकोपमा पनि अधिकांस जनप्रतिनिधिहरुद्वारा भ्रष्टाचार बढि गरिएको छ । प्रदेशले पनि यससम्बन्धी कुनै प्रयास, पहल गरेको पनि देखिदैन । कोरोना कालमा शिक्षाबाट बञ्चित बालबालिकाहरुको लागि कुनै ठोस कदम न त राज्यले नै उचाल्न सकेनन् न त प्रदेशका जनप्रतिनिधिहरुले जस कारण स्कूलले बालबालिकाहरुको पढाईमा धेरै असर परेको देखिन्छ । खेलमैदानको अवस्था जिर्ण भएको कारण बिभिन्न खेल खेल्ने बाताबरण छैन जसको कारण खेलाडीहरुको उत्पादनमा कमी आएको देखिन्छ । खेल्ने बाताबरण नभएकै कारण अधिकांस युवाहरू लागु औषध कुलतमा फसेको अवस्था कसैबाट लुकेको छैन । भनिन्छ नेपालको सबभन्दा पुरानो नगरपालिका राजविराज हो तर राजविराजको पहिला जस्तो अवस्थामा थिए त्यो भन्दा नि दयनीय अवस्थामा दिनदिनै गएको महसुस गर्दैछु ।
यो सब हुनुमा स्थानीय जनप्रतिनिधिहरुले केही काम गरेको जस्तो मलाई लाग्दैन । हामी भन्दा कयौं गुना राम्रो हाम्रो छिमेकी प्रदेश नं. १ का जिल्लाहरु हेर्नुस् त्यहाँको बिकास हेर्नुस् भ्रष्टाचार त्यहाँ नि हुन्छ होला तर काम हेर्नुस् कस्तो भएको छ त्यहाँ नि जनताले चुनेका जनप्रतिनिधिहरु छन, यो भन्नुको अर्थ हाम्रो अधिकांस जनप्रतिनिधिहरु चुनाव जितेर स्थानीय निकायलाई कमाउने, ब्यापार गर्ने ठाँउमा परिवर्तन गरिदै गइरहेको मेरो बुझाईछ ।
रोजगारी, सीपमूलक काम, फोहोर व्यवस्थापन, बाटो मर्मत, संदेश मुलक कार्यक्रम, चेतना अभियान यो सब गरेको देखिदैन, प्रदेश नं. २ सरकारले पनि यस्ता कार्यक्रमहरु गरेको देखिदैन समग्रमा हाम्रो प्रदेश, जिल्ला, नगरपालिका, गाउँ पालिका, वडा कार्यालयहरुका अधिकांस जनप्रतिनिधिहरुले विकासको नाउँमा भ्रष्टाचार बढि गरिएको मलाई लाग्छ ।
चुनावको समयमा ठुला–ठुला कुरा गर्ने अधिकांस जनप्रतिनिधिहरु चुनाव सकेपछी कुर्सीमा आएपछि आफ्नो कुराहरु बिर्सेर स्थानीयतहलाई सर्वसाधारण जनतालाई सेवा दिन होईन सर्वसाधारण जनताबाट सेवा लिने माध्यम बनाईदिएको छ । यसमा नि गरिब जनताहरु नै अधिकांस शोषित हुन्छ । पहुँचबालाहरुको जय जय हुन्छ उनीहरुलाई कुनै किसिमको काम परे जनप्रतिनिधिहरु घरमै गएर सुबिधा दिन्छन् तर गरिबको लागि खासै जनप्रतिनिधिहरुले केही गरिएको देखिदैन ।