• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

४ हजार लिटर भन्दा वढि मदिरा वनाउने कच्चा पदार्थ नष्ट

४ हजार लिटर भन्दा वढि मदिरा वनाउने कच्चा पदार्थ नष्ट

राजविराज, ४ असोज। सप्तरीका विभिन्न दुई स्थानमा प्रहरीले मंगलवार अवैध मदिरा र कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ ।

सुरुङ्गा नगरपालिका १ स्थित चहकामा २५० लिटर तयारी मदिरा र ४ हजार लिटर कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको छ। इलाका प्रहरी कार्यालय कडरवोना, इलाका प्रहरी कार्यालय भेडिया र प्रहरी चौकी लक्ष्मिपुरको संयुक्त टोलीले सो स्थानवाट मदिरा वनाउने भाडा ६ थान, वाल्टिन ३ थान वरामद गरेको छ

यसैगरी, इलाका प्रहरी कार्यालय पातोले डाकनेश्वरी–५ पातो वजारमा २ वटा मदिरा भट्टि भत्काएको छ । यसैगरी, २६० लिटर कच्चा पदार्थ र ६० लिटर तयारी मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्लाष्टिकका भाँडा १५ थान र रक्सि वनाउने मेसिन २ वरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।