• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा कोरोना संक्रमितको संख्या १५ सय नजिक

सप्तरीमा कोरोना संक्रमितको संख्या १५ सय नजिक

राजविराज, २ कार्तिक। सप्तरीमा कोरोना संक्रमितको संख्या झण्डै १५ सय पुगेको छ । आइतवार थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि जम्मा संक्रमितको संख्या १५ सयको हाराहारीमा पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

आईतवार राजविराजका २, कञ्चनरुपका १, वोदेवरसाईनका १, अग्निसाईर कृष्णावरणका १, राजगढका १, तिरहुतका २ र रुपनीका ३ जनालाई संक्रमण पुष्टि भएको छ ।

योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या १४ सय ९० पुगेको कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले वताए । जसमध्ये ४ महिलासहित २३ जनाको मृत्यु भएको छ भने १२ सय २९ जना निको भएर डिस्चार्ज भएका छन्।

जिल्लामा आईतवार साँझसम्म २ सय ३८ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।