• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

पुर्व स्वास्थ्य मन्त्री यादवको हृदयघातका कारण निधन

पुर्व स्वास्थ्य मन्त्री यादवको हृदयघातका कारण निधन

राजविराज, २ कार्तिक। पूर्व स्वास्थ्यमन्त्री डा। डम्बरनारायण यादवको हृदयघातका कारण निधन भएको छ ।

मोरङ्गको विराटनगर स्थित विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा उनको निधन भएको हो । महादेवा गाउँपालिका–३ बथनाहा स्थायी घर भएका ८६ वर्षिय यादव काठमाडौंमा बसोबास गर्दै आएका थिए । एक महिनाअघि सप्तरी आएका उनी ३/४ दिनअघि अचानक बेहोश भएका थिए ।

उपचारका लागि उनलाई तत्कालै विराटनगर लगिएको थियो । केही वर्षअघि उनको मुटुको बाइपास सर्जरी गरिएको थियो । सोहि कारण उनालई हृदयघात भएको हुन सक्ने उनका परिवारले जनाएको छ ।

एक छोरा र एक छोरीका पिता रहेका उनको आइतबार साँझ दाहसंस्कार गरिने छ। उनकी श्रीमतीको एक वर्षअघि नै निधन भएको जनाईएको छ।

यादव २०३६ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए भने २०४० साल असारमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्री बनेका थिए । प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा लागेका यादव सामाजिक कार्यमा पनि संलग्न थिए ।