• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजमार्गमा गोहिको मृत वच्चा भेटियो

राजविराज, २ कार्तिक। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ मा आईतवार विहान गोहिको मृत वच्चा फेला परेको छ ।

पुर्व पश्चिम राजमार्गको कोशी ब्यारेज र कंकालिनी मन्दिरको विच क्षेत्रमा मृत अवस्थामा गोहिको वच्चा फेला परेको हो ।

करिव २ मिटर लम्वाई र ३५ केजी तौल भएको गोहिको वच्चा कोशी नदिवाट आएको हुन सक्ने स्थानीयल अनुमान गरेका छन् ।

रातको समयमा कुनै सवारी साधनको ठक्करवाट वच्चाको मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय भारदहका इन्चार्ज सई धनवहादुर खड्काले वताए ।

गोहिको वच्चा मरेको विषयमा वन कार्यालयलाई जानकारी गराईएको उनको भनाई छ।