• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

स्थानीय प्रशासनलाई प्रदेश सांसदको प्रश्नः मन्दिरमा सर्ने कोरोना रक्सी भट्टिमा सर्दैन ?

स्थानीय प्रशासनलाई प्रदेश सांसदको प्रश्नः मन्दिरमा सर्ने कोरोना रक्सी भट्टिमा सर्दैन ?

राजविराज, १ कार्तिक। दशैं लगायतका चाडवाडलाई लक्षित गरी स्थानीय प्रशासनले सप्तरीका सम्पुर्ण मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको विषयमा प्रदेश २ का प्रदेश सभा सदस्य मो. समिमले आपत्ति जनाएका छन् ।

सांसद समिमले शनिवार एक प्रेस विज्ञप्ति जारी गरी मन्दिर र शक्ति पिठ लक्षित निषेधाज्ञाको निर्णयमा पुनरविचार गर्न आग्रह गरिएको छ ।

‘विश्व अहिले कोरोना महामारीको त्रास र तनाव विच बाच्दै गरेको अवस्था छ। यस्तो वेला राज्यले निर्वाह गर्नु पर्ने भुमिका भन्दा प्रतिकुल व्यवहार संघिय तथा प्रदेश सरकारले देखाउदै आएका छन। उनको विज्ञप्तिमा भनिएको छ–‘जनता माझ कोरोना समस्यालाई सरकारले झन भयावह वनाएर प्रस्तुत गर्दै आफ्नो कमि कमजोरी ढाकछोप गर्ने तथा शत्ता लम्ब्याउने षडयन्त्र भइरहेको तथ्यवाट आम जनता अनभिज्ञ छैनन्।’

एकातिर कोरोनाको भयावह अवस्थालाई देखाउदै सनातन हिन्दु धर्मावलम्बीहरुको धर्म, परम्परा, संस्कार, आस्था र आत्मासंग जोडिएको दशै जस्तो महान पर्वको अवसरमा मठ–मन्दिर तथा शक्ति पिठहरुमा लामो निषेधाज्ञा लगाइएको र अर्कोतर्फ मदिरा पसल, होटेल तथा रेस्टोरेंट खुलै राखेको उनले आश्चर्य ब्यक्त गरेका छन्। ‘बजार व्यवस्थित गर्न सकिएको छैन, यातायातको अवस्था पनि उस्तै छ। राजनीतिक दलहरूलाई पार्टी प्रवेश लगायतका कार्यक्रमहरु गर्न कुनै बन्देज छैन’ उनले प्रश्न गरेका छन्–‘के मन्दिरमा मात्रै कोरोना फैलिन्छ ? अन्य ठाउको भिडभाडमा कोरोनाको प्रभाव शुन्य हुन्छ र ?’

दशै हिन्दुहरुको पर्व मात्रै नभइ नेपालीहरूकै महान चाड भएको स्मरण गराउँदै दशैं जस्तो अवसरमा मठ–मन्दिरमा निषेधाज्ञा जारि गर्नु भनेको धार्मिक आस्था माथि प्रहार मात्रै नभई हजारौ हजार गरिव विपन्नहरूको रोजीरोटी माथिको हस्तक्षेप भएको पनि उलने प्रष्ट पारेका छन् । ‘मन्दिरमा फुल माला बेच्नेदेखि लिएर मन्दिर पुग्नेहरुको साईकल/मोटर साईकल पार्किङ्ग गरेर राखिदिने जस्ता काममा लागेका हजारौ परिवारका लागि यो पर्व रोजगारको माध्यम पनि हो’ उनले भनेको छन्–‘मुलुकमा कोरोना फेला परेको आठ महिना विति सक्दा सरकार के गरेर वस्यो ?’

‘कोरोना नियन्त्रणका लागि सरकारले के तयारी गर्यो र कार्यान्वयनको अवस्था के छ ? अहिलेको अवस्थामा लकडन र निषेधाज्ञा वाहेकको विकल्प छ÷छैन ?’ भन्दै उनले प्रश्न गरेका छन्–‘वर्तामान अवस्थाको दोषी आम जनता हुन की राज्य?

प्रेस विज्ञप्ति